इटहरी/अभिनेत्री तथा मोडल दीपाशा बीसी २८ वर्षको उमेरमा हामी माझबाट सदाका लागि अस्ताएकि छिन । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागी बुधबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी बीसीलाई बिहीबार बिहान नर्भिक अस्पतालका स्वास्थ्यकर्मीले उनको निधन भएको बताएका छन ।
२०५२ सालमा सुर्खेतमा जन्मिएकी बीसीले दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् । ‘दुलही रानी’बाट फिल्ममा पाईला टेकेकी बिसीले ‘झेली’, ‘बिरानो माया’,लगायत फिल्ममा समेत अभिनय गरेकी थिइन् । उनि फिल्म, म्युजिक भिडियो, लोकदोहोरीमा साथ साथै मोडलिङमा पनि सक्रिय थिईन ।
उनको निधनको खबर सार्वजनिक भएसँगै फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो । भने ता पनि उनको मृत्युको कारण अझै खुलेको छैन ।
Discussion about this post