इटहरी/गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत ‘तिम्रो याद’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको शब्द रचना गायक पाण्डे आफैले गरेका छन् । नेपालमै जन्म लिई हुर्की डाक्टर बनेका पाण्डे हाल अमेरिकामै कार्यरत छन। अमेरिका बसे तापनि उनीमा नेपालीपन, नेपाल र नेपाली संगीतप्रतिको माया भने कहिले फिक्का भएन । माया स्वरूप नया गीत उनले ‘तिम्रो याद’ बजारमा ल्याएका हुन ।
गीतमा संगीतकार उपेन्द्रलाल सिंहले संगीत भरेका छन भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन् । एउटा सानो कोठाबाट सफलता र लक्ष्य सम्म पुग्न गरिएको दु:ख, कोसिस र साथ दिने साथीको महत्वको यथार्थ बोलेको यस भिडियोमा मोडल बिकास लामिछाने र समारिका ढकालले अभिनय गरेका छन । शब्दको माग अनुरुप आफ़ुलाई त्यतै ढलेका बिकास र समारिका को क्यामेस्ट्री भिडियोमा खुबै जमेको देख्न सकिन्छ । गीतको भिडियो यस्तो छ ।
भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । भने सुरज शाही ठकुरीको मिक्सिङ तथा मास्टरिङ्ग रहेको छ । फिचर्ड कलाकारको केश सज्जा तथा शृंगार सुवास तिमिल्सिनाले सम्हालेका छन् । बुद्ध थापाको छायांकन, बिबेक सुनारको सम्पादन रहेको छ ।
Discussion about this post