इटहरी/केशब नेपालीको रचना तथा संगीत रहेको ‘चरीले फुल पार्यो’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । लोक दोहोरि शैलीको यस गीतमा गायक दुर्गेश बिस्वकर्मा र गायिका सुनिता बुढा छेत्रीको स्वर रहेको छ । माला श्री स्टुडियोमा रेकर्ड गरेको ‘चरीले फुल पार्यो’ बोलको गीतमा पूर्ण सम्योगले संगीत संयोजन, खडक बाजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
माया प्रेमको भावहरुलाई सार्वजनिक गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भेगु पुनको नृत्य निर्देशन रहेको भिडियोमा चक्र बुढा मगर, जमुना के.सी., प्रकाश शर्मा र निर्मला पुनी लगायत कलाकारहरुको अभिनय रहेको छ । २ को क्यामेस्ट्री भिडियोमा खुबै जमेको देख्न सकिन्छ । यो गीतको भिडियो यस्तो छ ।
भिडियोलाई हरि पाण्डेले निर्देशन गरेका छन् । सिया गौतमले मेकअपको कार्य गरेकी छन् भने क्यामेराको कार्य बिक्रम राठोरले सम्हालेका हुन् । यस रोमान्टिक दोहोरि शैलीको ‘चरीले फुल पार्यो’ बोलको गीतमा अमृत चापागाईको सम्पादन रहेको छ ।
Discussion about this post