इटहरी/गायिकासिम्रन परियारको स्वरमा ‘पाउजु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुनिल बि.क.को शब्द संरचनामा सन्तोष सुनारले संगीत कम्पोज गरेका हुन् । भने ‘पाउजु’ बोलको गीतमा यकुव तामाङ्गको संगीत संयोजन रहेको छ । सार्वजनिक गीत भिडियोमा मनिष गन्धर्व सारंगी र राहुल बिस्वकर्मा गितार बादकको रुपमा रहेका हुन् । हेर्नुहोस भिडियो ।
बिक्रम चौहानको निर्देशन रहेको यस म्युजिक भिडियोमा सन्तोष सुनार, बिक्रम बुढाथोकी, सिम्रन परियार र दिप शाहीको अभिनय छ । भने यस भिडियोमा सज्जा शृंगार निर्मला आचार्यको छ । प्रकाश खड्काको छायांकन रहेको यस गीतमा तोकेंद्र साहले सम्पादन गरेका हुन् ।
Discussion about this post