इटहरी/ अस्ट्रेलियाको एक कार्यक्रममा उपस्थित दर्शकलाई माईकको झटारो हानेपछि विवादित भएका चर्चित गायक सुगम पोखरेलले माफी मागेका छन् । अस्ट्रेलियाबाट संचालित एक युट्युब च्यानलमा अन्तरवार्ता दिदै म बाट गल्ती भएको हो ‘आई एम सरी’ भनेर माफी मागेका हुन् । उनले कुराकानीमा ‘हालै नेपालमा भुइँचालोको चपेटामा परेको जाजरकोट र त्यहाँको मानविय क्षतिले मेरो मन कता कता अप्ठ्यारो भइराथ्यो भने कतिले आफ्नो परिवार गुमाउनु भएको छ मृत आत्माहरु प्रति एकछिन मौन धारण गरौ भन्ने मनसाय रहेको र त्यसो नहुदा आफुले मदिरा पनि सेवन गरेको हुदा यस्तो गल्ती म बाट भएको भनेका छन् ।
उनि थप्छन् ‘नेपाललाई दुख्दाखेरि मलाई पनि दुख्छ, म आज यही नेपाली समाजले बनाएकाले गायक भएको हुँ । मैले पिउनु हुँदैनथ्यो । दर्शकप्रति कहिल्यै पनि अनादर गरेको छैन मैले ।’ गायक सुगमले आफु खराब नभएको तर आफ्नो समय खराब चलिरहेको बताउदैं ‘म मेन्टल्ली ठीक छु । मेरो नियत गलत थिएन मेरो कमजोरी के भन्दा मैले थोरै मदिरा सेवन गरेको थिएँ, त्यो गर्नु हुँदैनथ्यो’ भनेका छन् ।
केहि समयदेखी आफुले मदिरा सेवन गर्न छाडेपनि विगत १ महिनादेखि पुन: मदिरा सेवन सुरु गरेको कुराकानीमा सुनाए । उनले अन्त्यमा सम्पूर्ण दर्शकलाई सुगम पोख्रेल बनाइदिएको धन्यवाद दिएका छन् । ‘म पनि मान्छे हुँ, मान्छेलाई गुण र दोषको आधारमा हेरियोस् । दोष अझै छ, घटाउने प्रयासमा छु । नेपाली गीत अझै गाउनेछु भन्दै आउने दिनहरुमा यस्तो नहुने पनि बताए ।
Discussion about this post