इटहरी/हिन्दुहरुको अर्को ठुलो चार्ड तिहार नजिकिदै गर्दा गायिका मेलिना मैनाली र रोशनी राउतको आवाजमा ‘तिहारै आयो’ बोलको गीत भिडियो सार्वजनिक भएको छ । भोजराज खतिवडाको सुन्दर मौलिक संरचना रहेको यस गीतमा कमल खत्रीले संगीत दिएका हुन् ।
५ दिन अगाडिदेखि नै मनाउने तिहारमा चारैतिर झिलिमिली बतिको उज्यालो , दाजु भाईको आगमन साथी संगिनीसंगको त्यो देउसी भैली, परम्परागत पोशाक, मिठा मिठा पकवान आदि बिभिन्न हाम्रो परम्परा देखि चलि आएको चलन यस भिडियोमा छर्लंग देखन सकिन्छ । यस भिडियोले हाम्रो मौलिकता, संस्कृति र परम्पराको सुरक्षा साथै नया पिढीमा हस्तान्तरण गर्ने कार्य र भुल्न नहुने सन्देश दिएको छ । भिडियो हेर्नुहोस् ।
तास स्टुडियोमा रेकर्ड यस म्युजिकमा राजेश्वर तन्दुकरको मिक्सिङ्ग, मास्टरिङ्ग तथा संगीत संयोजन छ । निर्मल कुमार लामाको निर्देशनमा मेलिना मैनाली र रोशनी राउत फिचर्ड छन् । भने पवन सुशालिंगको छायांकन तथा सम्पादनमा सुवास तिमिल्सिनाको मेकअप रहेको छ ।
Discussion about this post