इटहरी/ प्रतिमा श्रेष्ठको रचना रहेको ‘सुनन तिमी राम्री लाग्यो’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । यस गीतमा बरिष्ठ एक्टर मदन कृष्ण श्रेष्ठको स्वर रहेको छ । ‘सुनन तिमी राम्री लाग्यो’ बोलको गीतलाई संगीत, एरेन्ज तथा मिक्सिङ तथा मास्टरिङ अनिल शाहीले गरेका हुन् ।
भिडियोलाई सरण श्रेष्ठले निर्देशन गरेका छन् । माया गर्न उमेरले निर्धारण नगर्ने र उमेर अनुसार शारीरिक परिवर्तन भने हुने तथा बुढेसकालमा एकपल्ट फेरी आवस्यक पर्ने मायाप्रेमका भावहरुलाई सार्वजनिक गीतको भिडियोमा प्रस्तुत गरिएको छ । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको सार्वजनिक गीतको भिडियोमा गायक श्रेष्ठ सगै अभिनेत्री तथा डान्सर मिथिला शर्मा फिचर्ड भएकी छन् । यो गीतको भिडियो यस्तो छ ।
यी २ को क्यामेस्ट्री भिडियोमा खुबै जमेको देख्न सकिन्छ । सरण श्रेष्ठ र सन्तोष राजबाहकको नृत्य निर्देशन रहेको भिडियोमा कलाकारहरुलाई दिपु पौडेलले मेकअपको कार्य गरेकी छन् । उत्तम हुमागाईको छायांकनमा कुल प्रसाद हुमागाइले साथ दिएका हुन् भने प्रविन शर्माको सम्पादन रहेको छ ।
Discussion about this post