Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

ट्रेण्डिङ्गमा ४ नेपालि फिल्म: १ नम्बरमा ‘कबड्डी ४’, ‘रोमियो एण्ड मुना’लाई जित्यो ‘छड्के २’ ले

✍ सुवास संकल्प
कार्तिक १७, २०८० मा प्रकाशित
ट्रेण्डिङ्गमा ४ नेपालि फिल्म: १ नम्बरमा ‘कबड्डी ४’, ‘रोमियो एण्ड मुना’लाई जित्यो ‘छड्के २’ ले

इटहरी/ सिनेमा हलमा झैँ युट्युब पनि फिल्मको प्रतिष्पर्धा हुन्छ । सिनेमा हलमा सार्वजनिक भैसकेपछि युट्युबमा अपलोड हुने फिल्महरुको प्रतिष्पर्धा रोचक हुन्छ । अझै यो पटक युट्युब ट्रेण्डिङ्ग हेर्न लायक नै छ । युट्युब नेपालको ट्रेण्डिङ्गमा अहिले ४ नेपालि फिल्म छन् । यी ४ नेपालि फिल्महरुमा कुनै ब्लकबस्टर, कुनै औसत र कुनै फ्लपमा गनिएका फिल्महरु छन् । २०७५ सालमा सार्वजनिक प्रदर्शन भएको ‘रोमियो एण्ड मुना’ ५ वर्ष पछि युट्युबमा आएको छ । यो फिल्मले २ साता पार गर्नै लाग्दा युट्युबमा जम्मा १२ लाख भ्युज बटुलेको छ भने त्यो भन्दा १ दिनपछि युट्युबमा अपलोड भएको ‘छड्के २’ ले २० लाखबढी भ्युज बटुल्न सफल भएको छ ।

२०७९ सालको फागुन १९ गते ‘छड्के २’ प्रदर्शन भएको थियो । यी २ फिल्मले प्रदर्शनअघि राम्रै चर्चा बटुलेको थियो । तर सिनेमा हलमा प्रदर्शन पश्चात भने दर्शकको खडेरी लाग्यो । यतिसम्मकि छड्के २ लाई त सबैले फ्लप फिल्म नै भन्न भ्याए । अनमोल केसीको अहिलेसम्मकै फ्लप फिल्मको गन्तीमा छड्के २ निस्कियो भने अनमोलले पनि यसलाई स्वीकार गरे । यता ट्रेण्डिङ्गमै रहेको अर्को २ फिल्म हो ‘फुलबारी’ र ‘कबड्डी ४’ । यी दुवै फिल्ममा अभिनेता दयाहांग राई छन् । तर सिनेमा हलमा एउटा ब्लकबस्टर र एउटा औसत ब्यापार गरेका फिल्महरु हुन् । सिनेमा हलमा प्रदर्शनताका कबड्डी ४ ब्लकबस्टर भएको थियो भने फुलबारी औसतमै सिमित भएको थियो ।

अहिले यी २ फिल्म ११ दिनको अन्तरमा युट्युबमा सार्वजनिक भएको छ । जोडतोडले ट्रेण्डिङ्गको पहिलो स्थान ताक्दै अघि बढिरहेको ‘फुलबारी’ जब ‘कबड्डी ४’ आयो तबदेखि ट्रेण्डिङ्गमा ओरालो लाग्न थालेको छ । फूलबारीलाई उकालो लाग्न क्रिकेटका भिडियोहरु समेत बाधक बनिरहेको छ । यता ‘कबड्डी ४ : द फाइनल म्याच’ युट्युबमा रिलिज भएको २ दिनमै ट्रेण्डिङ्गको पहिलो नम्बरमा पुगेको छ । यो समाचार तयार गर्दै गर्दा ३३ लाखबढी पटक कबड्डी ४ लाई हेरिएको छ । यो भन्दा अगाडि सार्वजनिक भएर ट्रेण्डिङ्गमै रहेको फुलबारीले सार्वजनिकको १३ दिन पुग्दैगर्दा ६७ लाख बढि भ्युज पाएको छ ।

यसर्थ कबड्डी ४ ले २ दिनको अवधिमै झन्डै फुलबारीको आधा भ्युज बटुलेको छ । यी दुवै फिल्मलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका हुन् । कबड्डी ४ र फुलबारीले हल प्रदर्शनको आ-आफ्नो साख भ्युज र ट्ट्रेण्डिङ्गका आधारमा जोगाईरहेको छ भने रोमियो एण्ड मुना र छड्के २ ले भने आ-आफ्नो साख बिर्सिएको छ, अर्थात भलै फिल्मले सन्तोषजनक आम्दानि नगरेतपनि हरेक पक्षबाट छड्के २ भन्दा रोमियो एण्ड मुनाको चर्चा माथि थियो । यसरि हेर्दा युट्युब ट्रेण्डिङ्ग र भ्युजमा भने छड्के २ माथि देखिएको छ ।

अगाडिकाे पाेस्ट

पक्राउ परेका कलाकार ‘इकु’ छुटेपछि लेख्छन् ‘नखाएको बिष लाग्यो’

अर्काे पाेस्ट

फागुन २५ मा उपहार: रेखा र मुकुन, पूजा र समर्पणसंगै बेनिशा र तेजको ‘वाह वाह’ डान्स

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana