इटहरी/गएको शनिबार प्रहरीले जुवातास खेलेको आरोपमा केहि कलाकार सहित ९ जनालाई पक्राउ गरेको थियो । साथै हिजो (बुधबार) साँझ ६ बजे उनीहरुलाई प्रहरीले धरौटीमा छोडेको छ । यसैबिच पक्राउ परेका आरोपी मध्य कलाकार सुलेमान शंकर (ईकु)ले आफूले तास नखेलेको र एकछिन हेर्दा पनि प्रहरीको फन्दामा परिएको भन्दै फेसबुकमा लेखेका छन् ।
उनले भनेका छन्, ‘दशैमा दशा भनेझै (मोटाउॅछु) गीत पछि अर्को म्युजिक भिडियोको कुरा गर्नका लागी कोरियोग्राफर गम्भिर बिष्टको स्टुडियोमा पुग्दा त्यहाँ केहि साथीहरु तास खेलिरहेको र एकछिन हेर्दा आफूलाई पनि प्रहरीले लगेको जानकारी दिए । उनले भने , अरुले खेलेको हेदा॔ नि दोषलाग्दो रहेछ वा. .., नखाएको बिष लाग्यो, चाडपर्व मा परिवारमै खुशी भई रमाउ साथी भाई हो । बिना गल्ती झमेलामा परेका भन्दा अन्य कसैलाई यस्तो जुवातास खेल्न र नहेर्न आग्रह पनि गरेका छन् ।
Discussion about this post