इटहरी/ विक्रम सम्वत् २०८० सालको दशैँ सकिएको छ । मान्यजनको हातबाट टीका र आशीर्वाद ग्रहण गर्दै दशैँलाई हर्षोल्लासपुर्वक बिदाइ गरिएको छ । यता सेलेब्रेटीहरुको दशैँ पनि शुखमय नै रह्यो भन्दा फरक नपर्ला । टीका लगाउदै स्टेज कार्यक्रममा ब्यस्त भए धेरै जसो कलाकारहरू । यता पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले पनि सेलेब्रेटीलाई टीका लगाइदिएका थिए । को-को हुन् त ती सेलेब्रेटीहरु ? आज त्यसको बारेका कुराकानी गर्छौ । अहिले राजा र राजतन्त्र त छैन, तरपनी लोकतन्त्रमा मनपरीतन्त्र हावी हुँदा धेरैको मनस्थिति राजा र राजतन्त्र नै ठिक भन्ने पनि देखिन्छ ।
धेरैले अझै पनि नेपाल र नेपालिको अभिभावकको रुपमा लिन्छन् पुर्वराजा ज्ञानेन्द्रलाई । त्यसैले पनि अझै सामान्य नेपालीहरुदेखी सेलेब्रेटीसम्म दशैँमा टीका र आशिर्वाद थाप्न लर्को लाग्छ । यहि लर्कोमा देखिएको एउटा नाम हो नीति शाह । उनलाई पुर्वराजाले टीका लगाएर आशीर्वाद दिदै गरेको तस्वीर सार्वजनिक भएको छ भने गायक आनन्द कार्कीले पनि यसपालि राजाको हातबाट टीका लगाए अनि आशिर्वाद लिए । यस्तै जिवनको ५० दशक पार गरेकी र हालसम्म १६ सय भन्दा बढी गीत गाइसकेकी गायिका मिरा राणाले पनि पुर्व राजाको हातबाट टिका लगाईन् ।
गायक भिम तुलाधरको पनि पुर्वराजा ज्ञानेन्द्रको हातबाट टीका लगाउदै आशिर्वाद थापेको तस्वीर सार्वजनिक भएको छ । यस्तै गायक जेम्स प्रधान, योगेश्वर अमात्य पनि त्यही लहरमा देखिए भने अभिनेत्री सुष्मा कार्की पनि पुर्व राजाको हातबाट टीका लगाउन निर्मल निवास पुगेकी थिइन् । उनले पनि टीका लगाउदै आशिर्वाद थापिन् भने कलाकार सन्तोष पन्तले पनि यसपटकको दशैंमा पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहको हातबाट टीका लगाएका छन् ।
Discussion about this post