इटहरी/हिन्दुहरुको महान चाड बडा दशैँ नजिकै गर्दा निम्न स्तरका परिवारहरुको रोदन बोकेको दशैँ तिहारको ‘रातो टिका’ बोलको गीत सार्वजनिक भएको छ । परदेश गएको परदेशीलाई सम्झदै स्वदेशमा दशैँ लागि सक्यो त्यता के छ भन्दै स्थिति जे जस्तो भएपनि दशैँ मान्न छिमेकीसंग पैसा माग्नु परेको पिडा र आफन्तबाट टिका लगाएर जम्मा गरेको पैसाले सापटी तिरौला भन्दै अरुसग हात फैलाउनु परेको लाचारीपन स्पष्ट झल्केको छ ।
बाबुल गिरिको लेखन रहेको यस गीतमा उनकै संगीत रहेको छ , भने म्युजिक अरेन्ज पनि आफैले गरेका छन् । गीत संगीतको भाव अनुरुप ढल्दै रचना रिमाल र प्रताप दासले आफ्नो सुमधुर आवाज दिएका हुन् । भने भिडियोमा पनि दुबई जना फिचर्ड देखिएका छन् । दशैँ संगसंगै तिहार पनि आउदै गर्दा यो गीतले सम्पूर्ण भावनालाई समेटेको छ । हेर्नुहोस् भिडियो ।
अरुको घरमा मिठो मसिनो पाक्दा आफ्नो चुलो रित्तो, घर फर्किन छिटै मन लागे पनि दिन गन्दै चाड पनि बितर गएको भन्दै परदेशका हरुको पिडा पनि उतिकै महसुस गर्न सकिन्छ । दशैँमा परदेशी आउछन भनेर पर्खेका आफन्त घर परिवारले तिहारमा पनि नआएपछि फोटोमै सप्तरंगी टिका लगाएर आशिर्वाद दिदै गरेको पनि देखन सकिन्छ । यस म्युजिक भिडियोलाई मिर्जा अर्यालले छायांकन तथा सम्पादन गरेका हुन् ।
Discussion about this post