Wednesday, April 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अनमोल-रामायण टिमबीचको लफडामा पुजा शर्माले यस्तो लेखिन्

✍ सुवास संकल्प
अशोज १८, २०८० मा प्रकाशित
अनमोल-रामायण टिमबीचको लफडामा पुजा शर्माले यस्तो लेखिन्

इटहरी/ अभिनेता अनमोल केसी उनले खेकेको फिल्म भन्दा छाडेका फिल्मका कारण चर्चामा छन् । गएको साता उनले छाडेका फिल्मको लिस्ट भनेका थियौ । अहिले उनले छाडेको अन्तिम फिल्म ‘रामायण’को विवाद चर्किएको छ । सामाजिक संजालमा चलचित्रकर्मीहरु विभाजित भै पक्ष र विपक्षमा बोलिरहेका छन् । रामायण छाडेपछि अनमोल २ दिन निर्मात्री सुप्रीया कटुवालको उजुरीको आधारमा प्रहरी नियन्त्रणमा रहे । हालै उनी नियन्त्रण मुक्त भएका छन् । तर, यो इस्यु भने सेलाएको छैन् । यता बोल्न पर्ने संघसंस्थाहरु अहिलेसम्म पनि चुइक्क बोलेको छैन ।

नत कलाकारको हकहितका लागी भन्दै खुलेको कलाकार संघ बोल्यो, नत निर्माता निर्देशकको हकहितका लागी भन्दै खुलेका निर्माता र निर्देशकहरुका संघ बोल्यो । अनमोलले छाडेपनि यो फिल्म त बन्ला तर निर्धारित समयमा फिल्म फ्लोरमा जान सकेको छैन । यता प्राविधिकहरुले पनि पेस्की पाईसकेका थिए रे । न त उनिहरुका हकहितमा काम गर्ने भन्दै खुलेका संघसंस्था बोल्यो । संघसंस्था सबै चुपचाप । तर, सामाजिक संजालमा जो जति बोलिरहेका छन्, उनिहरुमा कुनै निचोड भने छैन । मात्रै आरोप प्रत्यारोप । क-कस्ले के बोलिरहेका छन्, त्यो त तपाइहरुले देखि नै रहनु भएको छ ।

यता अनमोल छुटेपछी फिल्मका निर्देशक सुदर्शन थापाले सामाजिक संजालमा एक लामो स्ट्याटस लेख्दै ‘मोटो पारिश्रमिकको माग गर्नुभन्दा पहिला आफुलाई पुर्णतया तयार गर्न’ भनेका छन् । कलाकारलाई स्कृप्ट चित्त बुझेन, कागजी तथा कानुनी सम्झौता पनि नभएका कारण छोड्यो । विश्वासमा घात गरेका कारण अनमोलको पनि गल्ती त छ नै । तर, सुरुमा पुर्ण स्कृप्ट नै नदेखाई कलाकारलाई मोटो रकम माग्यो भन्दैमा दिएर अहिले चाहिँ पुर्णतया तयार हुनु भन्न मिल्ला र ? अनमोलले त पुर्ण तयारीको लागी समय पनि मागेकै हो । यता फिल्मकी निर्मात्रीले पनि सामाजिक संजालमै लामो स्ट्याटस लेखिन् । उनले मीठो बोलिले फसाउने नियत स्पष्ट रहेछ’ भनेर लेखिन् । तर हतार गर्नाले यो अवस्थाको सिर्जना भएको बुझ्न सकिन्छ ।

ठूलो प्रोजेक्टमा काम गर्दा साथिभाई, नातागोता, भाइभतिजा भन्दै मौखिक सहमतिमा काम गर्दा नमज्जाले पछारिन सकिन्छ भन्ने उदाहरण यो घटनाले देखाएको छ । यता अभिनेत्री पुजा शर्माले पनि यो घटनाको बारेमा बोलेकी छन् । यो फिल्म रामायणलाई सबैभन्दा पहिला अभिनेत्री पुजा शर्माले निर्माण गर्ने भएकी थिइन् । यतिसम्म कि उनले पाथिभरा देवीको दर्शन गर्दै फिल्मको स्कृप्ट पुजा गरेसंगै निर्देशकको रुपमा सुदर्शन थापालाई र नायकको रुपमा अनमोल केसीलाई अनुबन्ध गर्दै पेश्की रकम समेत दिएकी थिइन् । तर, अनमोलले पेश्की बापत लिएको १० लाख रकम फिर्ता गर्दै यो फिल्म छाडेपछि फिल्म निर्माणमा अन्यौलता छाएको थियो ।

यता पुजालाई खबरै नगरी सुदर्शन थापाले चलचित्र विकास बोर्डमा निर्मात्रीमा आफ्नी श्रीमती सुप्रीया थापालाई अघि सार्दै सोही कथा र नाममा फिल्म दर्ता गराए । अहिले सोही फिल्म केसीले पुनः छोडेपछि पुजाले ‘अर्कोतिर भीड छ भन्दैमा सत्य मर्दैन । अझै प्रमाण सहित निर्माणपक्ष ठगिएको वा धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ । यो भोली जसलाई पनि पर्न सक्छ । कुराले मात्रै होइन व्यवहारले प्रोड्यूसर बचाऔं । कोही पनि अन्यायमा नपरोस् । जय नेपाली सिनेमा ।’ भन्दै लेखेकी छन् । अब यो एक बिषय भित्रका अनेक लफडाले कहिले टुङ्गो पाउला ? त्यो पर्ख र हेरको अवस्थामा छ ।

अगाडिकाे पाेस्ट

वेब सिरिज ‘महसुस’ सार्वजनिक, युवापुस्ताको प्रेमकथा

अर्काे पाेस्ट

सौन्दर्यताले पुर्ण अभिनेत्री मुना गौचनलाई तस्वीरमा हेर्नुस्

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने
इभेन्ट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

✍ परिकला न्यूज
बैशाख ९, २०८३ मा प्रकाशित
0

...

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana