इटहरी/ निर्देशक कैलाश जङ्ग कार्कीको निर्देशनमा ‘महसुस’ नामक वेब सिरिज सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक पहिलो एपिसोड ७ मिनेट ५१ सेकेन्ड लामो रहेको छ । कोशी प्रदेशकै कलाकारलाई समेट्दै यहिबाट संघर्ष गरिरहेका युवाहरुले मिलेर यो सिरिज निर्माण गरिएको हो । फिल्म स्टुडियो नामक कम्पनीको ब्यानरमा निर्माण भएको सिरिज ३ एपिसोडको रहने बताइएको छ । सुमन तिमिल्सिना र अनमोल क्षेत्री अधिकारीले संयुक्त रुपमा लेखेको यो सिरिजलाई युवापुस्ता बिचको प्रेमलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
यो ‘महसुस’ सिरिजमा अनमोल क्षेत्री अधिकारी, प्रकृति क्षेत्री कार्की, सुमन तिमिल्सिना, सरला तिमिल्सिना, खिलराज मगर, हिमा पौडेल, अबिन ठटाल, शिव थापा र पार्वता दाहालको अभिनय रहेको छ । उज्वल दुलालले छायांकन गरेको यो सिरिजलाई पिएल चक्रेले सम्पादन गरेका हुन् । पिएल यो सिरिज निर्माण कम्पनी ‘फिल्म स्टुडियो’का संचालक समेत हुन् । यो स्टुडियोले आगामी दिनहरुमा पुर्वबाट अभिनयमा मेहनत गर्दै गरेका युवापुस्ताहरुलाई समेट्दै सर्टफिल्म, वेब सिरिज, म्युजिक भिडियो निर्माण गर्नलाई सहयोग गर्ने स्टुडियोका संचालक पिएल चक्रेले बताए । हेर्नुस् भिडियो
यो स्टुडियोबाट ‘पाँच हजार’ नामक अर्को वेब सिरिजको समेत तयारी भैरहेको छ । हाल वर्कसप चलिरहेको यो सिरिजको २१ गतेदेखि छायांकन सुरु गरिने बताइएको छ । पुर्वकै कलाकारहरूलाई यो सिरिजमा राखेर भेडेटार, जोगबनी, इटहरी लगायतका ठाउँमा छायांकन गरिने पिएल चक्रेले बताए । अनमोल क्षेत्री अधिकारीको लेखन रहेको यो सिरिजको रमेश कोइराला र डेबिट बिष्ट कार्यकारी निर्माता हुन् । यो ‘पाँच हजार’ नामक सिरिजमा अनमोल क्षेत्री अधिकारी, समुन तिमल्सीना, अबिन ठटाल, डेबिट बिष्ट, बिकास श्रेष्ठ, रिसिका पोख्रेल, रमेश कोइरालासहित अन्य २० जना कलाकारको अभिनय रहने जनाइएको छ ।
Discussion about this post