इटहरी/ गतवर्ष आफ्नो प्रेमी बलराम शाहीसंग विवाह बन्धनमा बाँधिएकि अभिनेत्री रेखा थापाले आफ्नो पहिलो सन्तानलाई जन्म दिने भएकी छन् । रेखाको अनुसार हाल उनको गर्भमा ४ महिनाको बच्चा हुर्किदै छ । रेखालाई डाक्टरले आउँदो फागुन चैतको डेलिभरी मिति तोकेको छ ।
यतिबेला उनी आगामी बैशाखमा रिलिज मिति तय भएको आफ्नो फिल्म ‘उपहार’को छायांकनमा ब्यस्त छिन् । सो फिल्मका लागी उनले अहिले एक्सनको दृष्यमा समय दिइरहेकि छन् । रेखाको होम प्रोडक्सन रहेको फिल्मलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरिरहेका छन् । रेखा गर्भवती भएकै कारण उनका दृश्यहरु कैद गर्नलाई चटारो परेको छ ।
Discussion about this post