इटहरी/ वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेकी कमला राई सहायक निर्मात्रीको रुपमा रहेको फिल्म ‘लिलामे माइला’को पोस्टर, ट्रेलरसंगै एक गीत सार्वजनिक गरिएको छ । छायांकन सम्पन्न गरेर प्रदर्शनको चाँजोपाँजो मिलाउदै गर्दा फिल्मको प्रचारप्रसार सामग्रीको रुपमा निर्माण युनिटले पोस्टर, ट्रेलर र गीत सार्वजनिक गरेको हो । सहायक निर्मात्री राईले आफू बिदेशमा रहे पनि नेपाली संगीत र सिनेमालाई माया गर्ने बताउछिन् । आफ्नो क्षमताले भ्याएसम्म नेपाली संगीत र सिनेमामा योगदान पुर्याउने उनको चाहाना छ ।
लिलामे माइलाको बारेमा बोल्दै कमलाले अब फिल्म चाडै धरानमा विशेष शो गर्न लागिएको जानकारी गराईन् । इलामको माई नगरपालिका निवासी कमलाले यसअघि केहि गीतमा आफ्नै शब्द समावेश गरेर गीत समेत गाएकी छन् । फिल्ममा पनि सहभागी हुने आफ्नो सपनालाई साकार पार्न सहयोग गर्ने लिलामे माइलाका निर्माता, लेखक, निर्देशक तथा कलाकार भिम लामालाई उनले धन्यवाद दिएकी छन् । जानकारी अनुसार धरानमा यहि आउँदो असोजको १३ गते गणेश हलमा ११ बजे यो फिल्मको विशेष प्रदर्शन गर्न लागिएको छ ।
भिम लामा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा दिलु सुब्बा रहेकी छन् भने कार्यकारी निर्माता दामोदर सापकोटा हुन् । फिल्ममा प्रभाकर न्यौपानेको कथा र प्रकाश सुब्बाको छायांकन रहेको छ । भुपाल थामी र सुमोद भारद्वाजले फिल्ममा समावेश गीतहरुमा कोरियोग्राफी गरेका छन् भने गंगा कुँवर, उदय सुब्बा कुरुङ्वाङ, रोशन बिसि, दामोदर सापकोटा, चन्दा लिम्बू, शुर्य लिम्बू, कमानशिह राई, दिलु सुब्बा, मान्सिङ्ग तामाङ्ग, साजन लिम्बू, प्रेमिका लामा, सुजेन्द्र गोले तामाङ्ग, मंगलशिह तामाङ्ग, कहरशिह मगर, जानुका श्रेष्ठ, बुद्धिमान तामाङ्ग, मिलन तामाङ्ग, खेमराज धमला लगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा समावेश गीतहरुमा तारा पराजुली, गोपीलाल तामाङ्ग र बुद्धिमान तामाङ्गको शब्द, भिम बस्नेत, बुद्धिमान तामाङ्ग र शेखर थापाको संगीत तथा बबिना किराँती, बुद्धिमान तामाङ्ग र रमिला मगरको स्वर समावेश गरिएको छ । फिल्म लिलामे माईलाको कार्यकारी निर्मातामा दामोदर सापकोटा रहेका छन् भने प्रकाश सुब्बाले छायांकन गरेका हुन् । प्रभाकर न्यौपानेले फिल्मको कथा तयार गरेका हुन् भने पटकथा, संवाद राज थापा काउचाको हो । रमेश बिशुङ्खेले यो फिल्मको ध्वनि सम्पादन तथा सम्पादनको कार्य गरेका हुन् ।
Discussion about this post