Monday, March 23, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मिलन चाम्सको फिल्म ‘गोर्खा वारियर’ लन्डनमा सेन्सर पास, भोलि ग्राण्ड प्रिमियर

✍ परिकला न्यूज
भदौ २३, २०८० मा प्रकाशित
मिलन चाम्सको फिल्म ‘गोर्खा वारियर’ लन्डनमा सेन्सर पास, भोलि ग्राण्ड प्रिमियर

इटहरी/अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ हलिउडको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते भोलि अर्थात् १० सेप्टेम्बरमा रेड कार्पेट प्रिमियर हुँदैछ । सो रेड कार्पेट प्रिमियरको लागि यो चलचित्र बेलायतमा सेन्सर पास भएको छ । यो चलचित्रले बेलायतमा प्रदर्शन गर्दा १५ वर्ष वा सो भन्दा माथिका उमेर समुहले हेर्न पाउने सेन्सर सर्टिफिकेट बेलायतको फिल्म सेन्सर बोर्डबाट पाएको छ ।

सेन्सरबारे यो चलचित्रका निर्माता निर्देशक मिलन चाम्सले भने,‘गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको यो चलचित्रमा गोर्खालीहरुले मलाया युद्धमा सफलता हाँसिल गरेका दृष्यहरु समेटिएका छन् । द्धन्द्धयुक्त ती युद्ध दृष्यहरुलाई मध्यनजर राख्दै यहाँको सेन्सर बोर्डले यसलाई १५ वर्ष भन्दा माथिका दर्शकले हेर्न मिल्ने गरी सेन्सर सर्टिफिकेट प्रदान गरेको हो । ’

यो रेड कार्पेट प्रिमियरको लागि बिगत दुई साता देखि बेलायतमा तयारी गरिरहेका निर्माता निर्देशक चाम्सले भने,‘हामी १० सेप्टेम्बरमा यहाँको आइम्याक्स सिनेवर्ल्डमा गोर्खा वारियरको प्रिमियरको पूर्ण तयारीमा छौं । यो प्रिमियरमा सहभागी हुन हामीले बोलाएका पाहुनाहरु देश बिदेशबाट धमाधम यहाँ आईरहनु भएको छ र भोली बिहानसम्म उहाँहरु सबै आईपुग्नु हुनेछ । ’ उनले अगाडि थपे,‘यो प्रिमियरका लागि नेपालबाट यस चलचित्रका कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा सम्बन्धित संघ संस्थाका पदाधिकारी एवम् डिप्लोम्याट्सहरु पनि बेलायत तर्फ उडिसक्नु भएको छ । ’वेलायतमा हुने यो अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियरले नेपाली चलचित्रलाई विश्वमा चिनाउने र नेपाली चलचित्रको बजार विश्वव्यापी रुपमा विस्तार हुनेमा आफुहरु विश्वस्तरहेको पनि उनले बताएका छन् ।

‘बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चलचित्र गोर्खा वारियरको सफलताको लागि शुभकामना दिनु भएको छ भने हाम्रो चलचित्रको अन्तराष्ट्रिय प्रिमियरका लागि नेपाल तथा बेलायतमा रहेको विभिन्न संघ सँस्थाबाट धमाधम शुभकामना प्राप्त भएको छ । यो शुभकामनाले हामीलाई अझ धेरै हौसला थपेको छ र हामी नेपालीको शिर उच्च बनाउने अभियानमा सफल भईरहेका छौं ।’ निर्देशक चाम्सले भने । उनका अनुसार यो चलचित्रको सफलताको लागि नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज तथा बेलायतमा रहेको विभिन्न संघ संस्थाबाट सफलताको शुभकामना प्राप्त भएको छ ।

यो चलचित्र यही १० सेप्टेम्बर अर्थात २४ भदौमा बेलायतको समय अनुसार मध्यान्न १२ बजेबाट लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा प्रिमियर कार्यक्रम सुरु हुने भएको छ । प्रिमियरमा यसपटक हलिउडका सेलिब्रेटी देखि बेलायत तथा नेपालका सेलिब्रेटी समेत सहभागी हुँदैछन् । बेलायतका राजपरिवार, सरकारी तथा कुटनीतिक नियोगका विशिष्ट व्यक्तित्वहरु, ब्रिटिस सेनाका अफिसरहरु, त्यहाँ रहेका विभिन्न नेपाली नियोग तथा संघ संस्थाका पदाधिकारीहरु पनि रेड कार्पेट प्रिमियरमा विशिष्ट अतिथिका रुपमा सहभागी हुने भएका छन् । यो प्रिमियरको लागि लन्डानको महानगर प्रहरीले सुरक्षा दिने भएको छ ।

गोर्खा वारियरको ऐतिहाँसिक रेड कार्पेट प्रिमियरको सम्पूर्ण टिकेट गत साता नै बिक्री भईसकेको छ । अझै थुप्रै प्रिमियर शो बेलायतमा राख्नको लागि उच्च माग आएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । गोर्खा वारियर प्रिमियर तयारीको समाचारलाई कैयौं अन्तराष्ट्रिय सञ्चार माध्यमले उच्च महत्वका साथ प्रकाशन प्रशारण गरेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराएका छन् ।चलचित्र गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । लन्डनको यो ऐतिहाँसिक प्रिमियर पछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ । यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।

अगाडिकाे पाेस्ट

अर्काे पाेस्ट

निश्चलको निर्देशनमा स्वस्तिमा, दयाहाङ लगायतको ‘दिमाग खराब’, यस्तो बन्यो टिजर

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित
कलिउड न्युज

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana