Monday, March 23, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म पाइरेसीको समस्या समाधान गर्न बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ सञ्चालन गर्ने

✍ परिकला न्यूज
चैत्र १६, २०७९ मा प्रकाशित
फिल्म पाइरेसीको समस्या समाधान गर्न बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ सञ्चालन गर्ने

इटहरी/ चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने सम्मका योजनाहरु ‘डेमोस्ट्रेसन’ समेत गरिएको छ । कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेल, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रल्हाद प्रसाद पुडासैनी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ नायब उपरिक्षक रुपक खड्का, प्रहरी निरिक्षक खेमराज खनाल, प्रहरी बरिष्ठ नायब निरिक्षक सन्तोष लामा, प्रहरी नायब निरिक्षक कोपिला केसी, बोर्डका सदस्य केएल बुढाथोकी, चलचित्र सम्बन्धित संघसंस्थाका अध्यक्षहरु तथा अन्य पदाधिकारीहरु, चलचित्रकर्मीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर बिक्रान्त कार्की र आईडिया ब्रिड आईटी सोलुशनका निबेश किरण अधिकारीले संयुक्त रुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमोस्ट्रेसन देखाएका हुन् । यि दुई आईटी कम्पनीले उक्त डेस्कको लागि सिस्टम विकासको काम गर्नेछन् ।

नेपाली चलचित्र उद्योगले सामना गरिरहेको साइबर हमलाबाट कसरी छुटकारा पाउने बिषय र बोर्डले चाल्न लागेको कदमबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बताए । “हामी सबैलाई थाहा छ, प्रविधिको विकासले हाम्रो जीवनशैलीमा महत्त्वपूर्ण परिवर्तनहरू ल्याएको छ। जसको सकारात्मक र नकारात्मक दुवै पक्षहरु रहेका छन् । टिकटक, युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट नेपाली फिल्म निर्माताहरूलाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न सजिलो भएको छ । यद्यपि, यसले नै साइबर सुरक्षाको बिषयमा नयाँ चुनौतीहरू पनि सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरू अनलाइन लिक वा पाइरेटेड भएका प्रशस्तै उदाहरणहरू देखेका छौं, जसले यस उद्योगलाई ठूलो नोक्सान पुर्‍याएको छ । यसबाहेक, हाम्रा कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमलाहरू हुने गरेका छन्”, उनले भने, यी चुनौतिहरुलाई सम्बोधन गर्न चलचित्र विकास बोर्डले ‘चलचित्र साइबर सेक्युरिटी’ सम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्न नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको छ ।”

केसीले ‘साइबर सेक्युरिटी’ एक जटिल मुद्दा हो भन्ने जानकारी रहेको र यसलाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने भएकोले नेपाली चलचित्र र चलचित्रकर्मीहरुले भोगिरहेका साइबर खतराहरू न्यूनीकरण गर्न नेपाल सरकार, नेपाल प्रहरी, चलचित्र निर्माताहरू, सामाजिक सञ्जाल प्लेटफर्महरू र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्ने बताए । साथै, उनले यो पहलले नेपाली राष्ट्रिय चलचित्र उद्योगको हितको रक्षा मात्र नभई नेपालको डिजिटल अर्थतन्त्रको समग्र विकासमा पनि योगदान पुर्‍याउने विश्वास लिएको र चलचित्र निर्माताहरूको बौद्धिक सम्पतीको संरक्षण गर्दै थप रचनात्मकता र नवीनतालाई प्रोत्साहन गर्नतर्फ चलचित्र विकास बोर्ड सदैव दृढ रहेको बताए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेलले बोर्डले चालेको कदम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै प्रविधि केन्द्रले आवश्यकता अनुसार सहकार्य गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, सूचना प्रविधि विभागका महानिर्देशक श्रेष्ठले पनि साइबर सेक्युरिटी डेस्कलाई आवश्यक सहयोगको लागि नेपाल सरकार तत्पर रहेको बताए । रजिष्ट्रार पुडासैनीले साइबर सेक्युरिटी र बौद्धिक सम्पतीको संरक्षण परस्पर रहेको बताउँदै सहकार्य गर्ने उल्लेख गरे ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले तुरुन्तै लागु हुने गरि साइबर सेक्युरिटी डेस्कलाई अघि बढाउन जोड दिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रेग्मीले नेपाल प्रहरीले साइबर सेक्युरिटीको लागि डेडिकेटेड ब्यूरो ‘साइबर ब्यूरो’ नै सञ्चालन गरेको जनाउँदै चलचित्र र चलचित्रकर्मीहरुका हरेक समस्या समाधान गर्न नेपाल प्रहरी २४ घण्टा नै तयार रहेको बताए । साथै, उनले बोर्डले सञ्चालन गर्न लागेको डेस्कको लागि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन र यसको लागतबारे आगामी आर्थिक बर्षको बजेट विनियोजनको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोर्डले प्रस्तावना पेश गरिसकेको छ ।

अगाडिकाे पाेस्ट

‘कामिनो’का लागि प्रमुख नेपालि कलाकार चयन सम्पन्न, १ भारतीय र १ ब्राजिलेयिन कलाकार छनौट बाँकी

अर्काे पाेस्ट

तीनवर्ष अघि रिलिज स्थगित फिल्म ‘नीरफूल’ आउँदो जेठ १९ गते रिलिज हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
‘जलाकी’बाट धिरज मगर बाहिरिए, मुख्य भूमिकामा सोनम तोप्देनको ‘कमब्याक’

‘जलाकी’बाट धिरज मगर बाहिरिए, मुख्य भूमिकामा सोनम तोप्देनको ‘कमब्याक’

चैत्र ४, २०८२ मा प्रकाशित
‘लालिमा’ टिमको बालेनलाई खुल्ला पत्र: यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न माग

‘लालिमा’ टिमको बालेनलाई खुल्ला पत्र: यौनकर्मी महिलाको मानवअधिकार सुनिश्चित गर्न माग

चैत्र ४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana