इटहरी/ निर्माण घोषणासागै चर्चामा रहेको फिल्म ‘कामिनो’ को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने फिल्ममा केही समयअघि प्रदिप खड्का, वर्षा शिवाकोटी, नीति शाह हुँदै राजबल्लभ कोइराला अनि शुक्रबार मात्रै अर्का अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए । निर्माण पक्षले सोमबार ‘कामिनो’ मा भोलाराज सापकोटा, प्रविण खतिवडा, रबिन्द्र झा, कुल बहादुर अधिकारी र आइपी आचार्यलाई अनुबन्ध गरेसंगै नेपाली कलाकारको ‘लाइन अप’ सम्पन्न भएको जनाएको छ । एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनिल बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् ।
नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने फिल्मको प्रमुख नेपाली कलाकार फाइनल भए तापनि एक जना भारतीय र एकजना ब्राजिलेयिन कलाकार भने छनौट गर्न बााकी रहेको बताइन्छ । ‘प्रमुख नेपाली कलाकार चयन कार्य सकिएको छ,’ निर्देशक ओलीेले भने,‘बााकी बिदेशी कलाकार पनि केही दिनमै फाइनल गर्छौ ।’ बैशाख दोश्रो साताबाट छायांकन सुरु गरिने फिल्मको हाल ओर्कसप कार्य भइरहेको छ । सौरभ लामाले खिच्ने फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ ।
Discussion about this post