Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

झापामा सुटिङ भइरहेको फिल्म ‘पाँच पाण्डव’मा इभा गिरीको इन्ट्री

✍ परिकला न्यूज
चैत्र १६, २०८२ मा प्रकाशित
झापामा सुटिङ भइरहेको फिल्म ‘पाँच पाण्डव’मा इभा गिरीको इन्ट्री

इटहरी/ कोशी प्रदेशको झापामा विगत दुई सातादेखि छायांकन भइरहेको प्रतिक्षित फिल्म ‘पाँच पाण्डव’ को टोलीमा थप दुई नयाँ अनुहार जोडिएका छन् । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्मको सेटमा १४औं दिनदेखि भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी भित्रिएका हुन् । निर्देशक वसन्त निरौलाका अनुसार यी दुई कलाकारको प्रवेशसँगै फिल्मको क्यानभास थप फराकिलो र आकर्षक बनेको छ । फिल्ममा उनको जोडी को रहने वा उनको चरित्र कस्तो हुनेछ भन्ने बारे भने खुलाईएको छैन ।

दिग्गजदेखि नयाँ पुस्ताका चर्चित कलाकारहरूको संगम रहेको यस फिल्मका मुख्य पात्रहरूमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन् भने दीपाश्री निरौला र जनी गुरुङको पनि प्रमुख भूमिकामा अभिनय रहेको छ । फिल्मको नाम ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित छैन । लेखक सुशील पौडेलका अनुसार यो विशुद्ध ‘सोसल ड्रामा’ हो । यसमा महाभारतका पाँच पाण्डवको चरित्र र बिम्बलाई समकालीन नेपाली समाजको यथार्थसँग जोडेर प्रस्तुत गरिनेछ ।

फिल्मको कथा, पटकथा र संवाद पौडेलले नै तयार पारेका हुन् । गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका प्रस्तुतकर्ता नवीन श्रेष्ठले यस फिल्मलाई भव्य बनाउन बजेटमा कुनै सम्झौता नगरिएको बताएका छन् । दिग्गज कलाकारहरूको उपस्थिति र बलियो कथावस्तुले गर्दा यो यस वर्षकै प्रतिक्षित फिल्म बन्नेमा निर्माण पक्ष विश्वस्त छ । फिल्मको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छन् । गत चैत २ गते नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभमुहूर्त गरी सुरु भएको छायांकन ४० दिनसम्म चल्नेछ ।

झापाका रमणीय स्थानहरूमा अधिकांश दृश्य खिचिएपछि टोली अन्य स्थानतर्फ लाग्नेछ । फिल्मलाई श्याम तामाङले छायांकन गरिरहेका छन् । प्राविधिक रूपमा पनि उत्कृष्ट बनाउन फिल्ममा ‘फुल डल्बी एट्मस’ साउन्डको प्रयोग गरिनेछ । यसको साउन्ड डिजाइन र मिक्सिङ म्युजिक नेपालको अत्याधुनिक डल्बी एट्मस साउन्ड स्टुडियोमा हुनेछ । ठूलो लगानी, बलियो स्टारकास्ट र अत्याधुनिक प्रविधिको प्रयोगले गर्दा ‘पाँच पाण्डव’ ले नेपाली फिल्म वृत्तमा अहिलेदेखि नै निकै चर्चा बटुलिरहेको छ ।

अगाडिकाे पाेस्ट

नयाँ रिलिज मितिसँगै नीताको ‘पार्वती’मा अशोक दर्जीको इन्ट्री, आगामी भदौ १२ मा प्रदर्शन हुने

अर्काे पाेस्ट

आफ्नो नाम जोडिएपछि कार्की आयोगको प्रतिवेदनप्रति गायक शिव परियारको गम्भीर आपत्ति

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana