Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अशोक दर्जीलाई ८ वर्षको अभिभावकत्वपछि टंक बुढाथोकीले परिवारको जिम्मामा सुम्पिए

✍ सुवास संकल्प
चैत्र १५, २०८२ मा प्रकाशित
अशोक दर्जीलाई ८ वर्षको अभिभावकत्वपछि टंक बुढाथोकीले परिवारको जिम्मामा सुम्पिए

इटहरी/ बालगायक अशोक दर्जी र संगीतकार टंक बुढाथोकीको सम्बन्ध केवल एउटा गायक र सर्जकको मात्र थिएन, यो त एउटा पिता र पुत्रतुल्य गहिरो आत्मीयता थियो । तर, समयको चक्रसँगै हिजो सानो रहेका अशोक अब हुर्किएर सक्षम भएका छन् । विगत ८ वर्षदेखि आफ्नै घरमा राखेर शिक्षा, संस्कार र सांगीतिक ज्ञान भरेका टंकले निकै भावुक हुँदै अशोकलाई उनकै परिवारको जिम्मामा सुम्पेको सुखद् तर मार्मिक घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक भावपूर्ण स्ट्याटस लेख्दै बुढाथोकीले एउटा अभिभावकको रूपमा आफूले पाएको जिम्मेवारी पूरा गरेको सन्तोष व्यक्त गरेका छन् । “अशोक बाबु अब आफ्नै परिवारको निर्णयअनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र परिवारका लागि अगाडि बढ्न सक्षम भएका छन्,” उनले खुसी साट्दै लेखेका छन् । सामान्य अवस्थाबाट स्टारडमको शिखरसम्म पुर्‍याउने क्रममा टंकले अशोकलाई कहिल्यै अभिभावकत्वको कमी महसुस हुन दिएनन् ।

आफ्ना विगतका दिनहरू सम्झिँदै उनले लेखेका छन्, “८ वर्षसम्म आफ्नै साथमा राखेर, अशोकलाई ‘हिरो’सम्म बन्ने हौसला, शिक्षा र मार्गदर्शन दिने क्रममा एक अभिभावकले निभाउनुपर्ने कर्तव्यमा सकेसम्म कुनै कमी हुन दिइनँ जस्तो लाग्छ ।” प्राप्त जानकारीअनुसार, विगत ३–४ महिनादेखि अशोक आफ्नै परिवारसँग झापास्थित घरमा बस्दै आएका छन् । टंकको घरबाट अशोकको यो बिदाइ एउटा भौतिक दूरी मात्र हो । मनको सामीप्य र सांगीतिक सहयात्रा भने निरन्तर रहने टंकले प्रस्ट पारेका छन् । “अशोक बाबुलाई मैले गर्न सक्ने सांगीतिक सहयोग सधैं भइरहनेछ,” उनले प्रतिबद्धता जनाएका छन् ।

साथै, सम्पूर्ण संगीतकर्मीलाई अशोकको आगामी यात्रामा सधैं झैं माया र साथ दिन उनले अपिल समेत गरेका छन् । यस भावुक घडीमा टंकले आफ्नो परिवारलाई पनि सम्झिएका छन् । अशोकलाई आफ्नै सन्तान र दाजुभाइ झैं माया दिने श्रीमती विष्णु र छोरा ए.आर. बुढाथोकीलाई उनले विशेष धन्यवाद दिएका छन् । एउटा सानो बालकलाई सक्षम बनाएर आफ्नै परिवारको जिम्मेवारी उठाउन सक्ने गरी बिदाइ गर्दा टंकका शब्दहरूमा जति खुसी झल्किन्छ, त्योभन्दा बढी एउटा असल अभिभावकको गहिरो सन्तोष लुकेको आभास हुन्छ ।

अगाडिकाे पाेस्ट

‘सारङ्गी’ को उचाइ र ‘अभिमन्यु’को झड्काबीच ‘रोल नं. १’: निर्माता विनोद पौडेल किन मौन ?

अर्काे पाेस्ट

नयाँ रिलिज मितिसँगै नीताको ‘पार्वती’मा अशोक दर्जीको इन्ट्री, आगामी भदौ १२ मा प्रदर्शन हुने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै
कलिउड न्युज

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana