Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘सारङ्गी’ को उचाइ र ‘अभिमन्यु’को झड्काबीच ‘रोल नं. १’: निर्माता विनोद पौडेल किन मौन ?

✍ सुवास संकल्प
चैत्र १५, २०८२ मा प्रकाशित
‘सारङ्गी’ को उचाइ र ‘अभिमन्यु’को झड्काबीच ‘रोल नं. १’: निर्माता विनोद पौडेल किन मौन ?

इटहरी/ नेपाली फिल्म बजारमा यतिबेला एउटा फिल्मलाई लिएर सन्नाटा छाएको छ, त्यो हो- सेभेन सिज सिनेमाको आगामी प्रोजेक्ट ‘रोल नं. १’ । घोषणाअनुसार यो फिल्म आगामी २०८३ सालको जेठ १५ गते हलमा आउनुपर्ने हो । तर, रिलिज मिति नजिकिँदै गर्दा निर्माण पक्ष यति मौन छ कि बजारमा फिल्मको एउटा थिम पोस्टर बाहेक न कुनै टिजर, न त प्रचारप्रसारको सामान्य सुइँको नै । डिजिटल युगमा फिल्म रिलिज हुनु महिनौं अघिदेखि ‘हाइप’ निर्माण गर्नुपर्ने प्रचलन चलिरहेको हुन्छ, निर्माता विनोद पौडेल र सेभेन सिजको यो मौनताले फिल्म वृत्तमा ठूलो तरंग र शंका उब्जाएको छ ।

के यो कुनै ‘सरप्राइज’ दिने चतुर मार्केटिङ रणनीति हो ? वा, फिल्मको पोस्ट-प्रोडक्सन नसकिएर भित्रभित्रै रिलिज मिति सार्ने तयारी भइरहेको छ ? अथवा अभिमन्युको फ्लप ट्यागले उनी प्रचारप्रसारका लागि थाके ? उनले पछिल्ला अन्य फिल्मको प्रचारप्रसारहरुलाई पनि नियालिरहेका छन् र ती फिल्महरुको नतिजा उनले प्रत्यक्ष देखिरहेका छन् । यिनै कारणहरुले उनी शान्त भएका हुन् त ? यो शंका त्यसै उब्जिएको होइन, यसको पछाडि सेभेन सिज सिनेमाले भोगेको ‘फ्लप-ब्लकबस्टर-फ्लप’ को अनौठो र डरलाग्दो यात्रा लुकेको छ ।

विनोद पौडेलको बक्स अफिस यात्रा कुनै सस्पेन्स-थ्रिलर फिल्मभन्दा कम छैन । सुरुवातमा ठूलो आश र दाबीसहित ‘अगस्त्य’ हलमा आयो, तर दर्शकले पत्याएनन्- फिल्म नराम्रोसँग फ्लप भयो । त्यसपछि आयो ‘पूर्णबहादुरको सारङ्गी’, जसले बक्स अफिसमा यस्तो आँधी ल्यायो कि नेपाली फिल्म उद्योगकै इतिहासका पानाहरू पल्टिए र नयाँ लेखिए । ब्लकबस्टर व्यापारसहित यसले निर्माताको साखलाई ह्वात्तै माथि पुर्‍यायो र दर्शकको मनमा गहिरो छाप छोड्यो ।

@parikalanewsofficial

तर, ‘सारङ्गी’को त्यो जादुमय धुनको ह्याङओभर उत्रिन नपाउँदै रिलिज भएको ‘अभिमन्यु’ ले फेरि निर्मातालाई नराम्ररी पछारिदियो । अचम्म त के भने, निर्माण पक्षले ४-४ पटकसम्म रिलिज मिति सार्दै, अनेकन् हण्डर र प्राविधिक झमेला खाएर बल्लबल्ल हलमा ल्याएको ‘अभिमन्यु’लाई दर्शकले पूरै नकार्दै फ्लपको ट्याग भिराइदिए । ‘अभिमन्यु’ निर्माणको दौरान पटक-पटक मिति सर्दा जुन प्रकारको अन्योलता र नकारात्मक असर परेको थियो, अहिले ‘रोल नं. १’ को मौनताले त्यही पुरानो घाउलाई कोट्याइदिएको छ । ‘अभिमन्यु’ ४ पटक सरेको रेकर्ड हेर्दा ‘रोल नं. १’ पनि समयमै अर्थात् जेठ १५ मै आउँछ भन्नेमा दर्शक, समीक्षक र हल सञ्चालकहरू विश्वस्त हुन सकेका छैनन् ।

यो उतारचढावले एउटा कुरा घामजस्तै छर्लङ्ग पारेको छ, नेपाली दर्शक अब केवल स्टारकास्ट, सस्तो एक्सन र खोक्रो ग्ल्यामरमा भुल्दैनन् । उनीहरूलाई माटो सुहाउँदो कथा र मुटु छुने ‘भावनात्मक कनेक्सन’ चाहिन्छ, जुन ‘सारङ्गी’ले दियो तर ‘अगस्त्य’ र ‘अभिमन्यु’ले दिन सकेनन् । अब ‘सारङ्गी’ले बनाएको विशाल साख र ‘अभिमन्यु’ले खसालेको ग्राफको ठीक बीचमा उभिएको छ- ‘रोल नं. १’ । एकातिर यसले अघिल्लो फ्लपको दाग मेटाउनुपर्नेछ भने अर्कोतिर ‘सारङ्गी’ले खडा गरेको उच्च मापदण्डलाई छुनुपर्नेछ । तर, अहिलेसम्म प्रचारका केही कन्टेन्टहरु बाहिरिएको छैन । समयमै रिलिज हुन्छ कि हुँदैन ? यी यावत् प्रश्नहरूको जवाफ चाडै निर्माता वा निर्माण कम्पनीबाट आउने अपेक्षा गरौं ।

अगाडिकाे पाेस्ट

सांसद आशिका तामाङ कुनै बेला थिइन् नेपाली मनोरञ्जन दुनियाँकी ‘एन्जेलिना जोली’ र ‘क्वीन’

अर्काे पाेस्ट

अशोक दर्जीलाई ८ वर्षको अभिभावकत्वपछि टंक बुढाथोकीले परिवारको जिम्मामा सुम्पिए

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै
कलिउड न्युज

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana