Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘कुमारी’को प्रचार काठमाडौंदेखि कोशी प्रदेशसम्म आक्रामक प्रचार, बिर्तामोड पुग्दा भावुक बने नायक

✍ परिकला न्यूज
माघ १८, २०८२ मा प्रकाशित
‘कुमारी’को प्रचार काठमाडौंदेखि कोशी प्रदेशसम्म आक्रामक प्रचार, बिर्तामोड पुग्दा भावुक बने नायक

इटहरी/ प्रदर्शन मिति नजिकिएसँगै वर्षकै प्रतीक्षित लभ स्टोरी फिल्म ‘कुमारी’ले आफ्नो प्रचार अभियानलाई आक्रामक बनाइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा १० हजार दर्शकको साक्षीमा ऐतिहासिक ट्रेलर रिलिज गरेर चर्चा बटुलेको यो टोली, यतिबेला कोशी प्रदेशको साङ्गीतिक र भावनात्मक यात्रामा होमिएको छ । माघ २३ गतेको प्रदर्शन मिति पर्खिरहेको फिल्मको टोलीले मोरङको मधुमल्ला बजारमा भव्य ‘लाइभ म्युजिकल कन्सर्ट’ सम्पन्न गरेको छ ।

स्थानीय भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा २ हजारभन्दा बढी दर्शकको उपस्थितिले फिल्म प्रतिको क्रेज पुष्टि गरेको थियो । पुस माघको चिसो सिरेटो र रातको ११ बजिसक्दा पनि दर्शकहरू मैदान छोड्न तयार भएनन् । जब फिल्मका पार्श्व गायक केहर सिं लिम्बुले ‘डोको बुन्ने’, ‘कता छौ’ र ‘तिमी बिना’ जस्ता हिट गीतहरू गाउन सुरु गरे, माहोल तातिएको थियो ।

अझ, ८५ लाखभन्दा बढी भ्युज बटुलिसकेको चर्चित गीत ‘डोको बुन्ने’ मा फिल्मका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले लाइभ नृत्य प्रस्तुत गर्दा दर्शकहरूको उत्साह थामिनसक्नु थियो । प्रचारकै क्रममा शनिवार झापाको बिर्तामोड पुग्दा माहोल निकै भावुक र आत्मीय बन्यो । अभिनेता अबिषेक खड्का अभिनेत्री आकृतिसहित आफ्नो गृह नगर पुग्दा, उनलाई आफन्त र छिमेकीहरूले भव्य स्वागत गरेका थिए । लामो समयपछि आफ्नो घर फर्किँदा र बुबालाई भेट्दा अबिषेकका आँखा रसाएका थिए ।

@parikalanewsofficial

पहिलो फिल्मबाटै अपार माया र चर्चा बटुलिरहेका अबिषेकलाई देख्दा परिवार र समाजमा छाएको खुसीले नायक-नायिका दुवैलाई भावुक बनाएको थियो । यसअघि काठमाडौँको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ट्रेलर सार्वजनिक हुँदा पाएको प्रतिक्रियाले निर्माण टिम उत्साहित छ । निर्देशक दिनेश राउत भन्छन्, “ट्रेलर सार्वजनिक गर्दा र प्रचारका क्रममा देखिएको दर्शकको मायाले हामीलाई फिल्म हलसम्म पनि यस्तै साथ मिल्ने विश्वास दिलाएको छ ।”

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन भने कार्यकारी निर्माता केदार भुसाल हुन् । प्रेम, सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वको कथा पस्कने फिल्ममा अबिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतको अभिनय रहेको छ । विकास सुवेदी लेखन, सुसन प्रजापति छायाङ्कन, सुप्रिम पराजुली सम्पादन र रोयल भीमसेन पोस्टर डिजाइन यो फिल्ममा रहेको छ ।

अगाडिकाे पाेस्ट

‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ दोश्रो संस्करणको ताज आर्यक र योदिनलाई

अर्काे पाेस्ट

‘हरिबहादुरको जुत्ता’ टिमको फिल्म ‘श्रीनिवास’ घोषणा: हरिवंश र अभिषेकको मुख्य भूमिका

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana