Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘प्रतिवैरम्’को पोस्टरमा देखियो अलग पात्र, अलग दुनियाँ र एउटै महा-विद्रोहको झलक

✍ परिकला न्यूज
पुस ११, २०८२ मा प्रकाशित
फिल्म ‘प्रतिवैरम्’को पोस्टरमा देखियो अलग पात्र, अलग दुनियाँ र एउटै महा-विद्रोहको झलक

इटहरी/ पर्दामा जब राजनीति र प्रतिशोधको कथा जोडिन्छ, तब विष्फोट निश्चित हुन्छ । यस्तै विष्फोटको पूर्वसंकेत दिँदै प्रतीक्षित फिल्म ‘प्रतिवैरम्’ले टिमले फस्टलुक पोष्टर सहित मुख्य तीन पात्रहरूको लुक्स सार्वजनिक गरेको छ । रेज इन्टरटेन्मेन्ट र किङ वाईटीको ब्यानरमा निर्माण भइरहेको यो फिल्मले सार्वजनिक गरेका पोस्टरहरू सामान्य प्रचार सामग्री मात्र होइनन्, यी वर्तमान व्यवस्था र सत्ताविरुद्धको ‘युद्धको घोषणा’ जस्तै लाग्छन् ।

मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको सार्वजनिक पोस्टरले यसको गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झलक दिएको छ । पोस्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ उजागर गरिएको छ । मुख्य कलाकारद्वय सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति पोस्टरको केन्द्रमा छ । पोस्टरले संघर्ष, संवेदना र विद्रोहको भाव एकसाथ प्रस्तुत गरेको देखिन्छ ।

मुख्य अभिनेता सम्राट दास पोस्टरमा एकदमै फरक र प्रभावशाली अवतारमा देखिएका छन् । उनको आँखाको भाव, शारीरिक भाषा र क्यारेक्टर लुकले पात्रभित्रको आक्रोश, संघर्ष र जिम्मेवारीलाई जीवन्त बनाएको छ । निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु फिल्म भए पनि यो भूमिका उनको करियरकै महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ ।

@parikalanewsofficial

त्यसैगरी मुख्य अभिनेत्री सुप्रज्ञा शर्माको भावनात्मक प्रस्तुति पनि पोस्टरमा विशेष रूपमा उभिएको छ । उनको अनुहारमा झल्किएको पीडा, प्रेम र भरोसाले कथाको मानवीय पक्षलाई अझ सशक्त बनाएको छ, जसले पोस्टरलाई थप प्रभावशाली बनाएको छ । निर्देशक रोशन दासले सिर्जना गरेको यो रक्ताम्मे दुनियाँमा यता अन्य तीन पात्रहरू तीन अलग-अलग मनोविज्ञान बोकेर उभिएका छन् । सार्वजनिक पोस्टरले फिल्मको कथावस्तु कति गम्भीर र आक्रामक छ भन्ने स्पष्ट पारेको छ ।

पहिलो क्यारेक्टर पोष्टरमा हातमा चुरोट र आँखामा गहिरो आक्रोश बोकेका रोन्नी यादव ‘सञ्जय’ को रूपमा प्रस्तुत भएका छन् । उनको यो रूपले भन्छ, उनी बोल्नमा भन्दा केही गरेर देखाउनमा विश्वास गर्छन् । “सञ्जय चिच्याउँदैन, तर उसको कदमले व्यवस्था नै हल्लाउँछ ।” यस्तै दोश्रो पोष्टरमा अनुभवी अभिनेता प्रदीप ढकाल ‘रवि कुमार’ को भूमिकामा निकै अर्थपूर्ण देखिएका छन् ।

हात जोडेर उभिएको उनको मुद्रामा नम्रता देखिए पनि अनुहारमा राजनीतिको चतुर खेल प्रस्ट झल्किन्छ । उनी सिस्टमसँग लड्ने होइन, सिस्टम चलाउने पात्र हुन् । “रवि कुमारको मौनता भित्र सिंगो सत्ता लुकेको छ ।” यता तेश्रो पोष्टरमा जटाधारी कपाल र रौद्र रूपमा देखिएका आशिष डीके ‘रणजीत’ बनेर दर्शकलाई तर्साउन तयार छन् । उनको यो अवतारले उनी फिल्मको कथा बदल्ने ‘गेम चेन्जर’ पात्र भएको संकेत गर्छ । “रणजीत आउँछ, तब कथा बाँच्दैन, इतिहास रचिन्छ ।”

निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम्’को कथा सानो क्यानभासमा अट्ने खालको छैन । त्यसैले त यो फिल्म नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा एकसाथ निर्माण भइरहेको छ । रोजगारको खोजीदेखि राजनीतिको फोहोरी खेलसम्मको कथा समेट्ने यो फिल्म २०८३ जेठ मा रिलिज हुने पक्का भएको छ । पोस्टर सार्वजनिक भएसँगै एउटा कुरा पक्का भएको छ, ‘‘प्रतिवैरम्’मा पात्रहरूले केवल संवाद बोल्ने छैनन्, उनीहरूले आगो ओकल्ने छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘परिवर्तन’को लोकलय गीतमा मज्जाले नाचे सुशील र अञ्जना

अर्काे पाेस्ट

मैथिली गीतमा प्रियंका र होम पी. को रोमान्टिक अवतार

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana