Tuesday, December 30, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘एक्लो’को दमदार ट्रेलर सार्वजनिक, हलिउडको झल्को दिने कथा र प्रस्तुति

✍ परिकला न्यूज
मंसिर २७, २०८२ मा प्रकाशित
फिल्म ‘एक्लो’को दमदार ट्रेलर सार्वजनिक, हलिउडको झल्को दिने कथा र प्रस्तुति

इटहरी/ नेपाली फिल्म जगतमा साइन्स–फिक्सन विधामा एउटा महत्वकाङ्क्षी छलाङ मार्ने उद्देश्यसहित निर्माण भएको फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको लाविम मलमा आयोजित एक भव्य समारोहका बीच ओएसआर डिजिटल मार्फत करिब ३ मिनेट लामो ट्रेलर रिलिज गरिएको हो । ट्रेलर हेर्दा फिल्मले नेपाली फिल्मको प्राविधिक र कथा वाचनको स्तरलाई नयाँ उचाइमा पुर्‍याउने संकेत गरेको छ ।

सन् २०३० पछिको भविष्य र रहस्यमय हिमालयको कथा
निर्देशक प्रदीप शाहीले फिल्ममा पूर्वीय आध्यात्मिक परम्परा र पश्चिमा साइन्स–फिक्सन जनराको अनौठो मिश्रण गरेका छन् । ट्रेलरले भविष्यको एक काल्पनिक तर कहालीलाग्दो कथा बोल्छ । सन् २०३० सम्म पृथ्वीमा फैलिएको एक खतरनाक भाइरसका कारण मानिसहरूले ग्रह नै छाड्नुपरेको अवस्था देखाइएको छ । हेर्नुस् ट्रेलर ।

त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्ष यात्री ज्याक (बेलायती अभिनेता जेमी बेकन) र उनका साथीहरू हिमालय क्षेत्रमा ‘क्र्यास-ल्यान्डिङ’ गर्छन् । उनीहरूले हिमालको खोँचमा लुकेको एउटा रहस्यमय शहर फेला पार्छन्, जहाँ उनीहरूको भेट हिमालयका पौराणिक संरक्षक (प्रदीप खड्का) सँग हुन्छ । यसपछि सुरु हुने संघर्ष र रहस्यको कथालाई फिल्मले पर्दामा उतारेको छ ।

निर्देशक शाहीका अनुसार यो कथाको पूर्ण अन्त्य यही फिल्ममा नभई यसको ‘दोस्रो भाग’ मा हुनेछ । रिलिज अगावै ‘एक्लो’ ले अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुलिरहेको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औँ संस्करणको मार्केटमा सहभागी भई यसले अन्तर्राष्ट्रिय वितरकहरूको ध्यान खिचेको थियो । अब यसको ऐतिहासिक प्रिमियर यही डिसेम्बर २८ तारिखमा अमेरिकाको न्युयोर्कस्थित प्रतिष्ठित ‘म्युजियम अफ द मुभिङ इमेज’ मा हुने तय भएको छ ।

@parikalanewsofficial

ट्रेलर रिलिज कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरू प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी लगायतको बाक्लो उपस्थिति थियो । चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार दिनेश डीसीले आफ्नो व्यस्तताका बाबजुद पनि स्क्रिप्ट र टिम मन परेर अभिनय गरेको बताए । उनले भने, “निर्देशक शाहीले प्राविधिक र अन्तर्राष्ट्रिय रूपमा नेपाललाई चिनाउने गरी गजबको फिल्म बनाउनुभएको छ ।”

बेलायतमा बसेर फिल्म निर्माणमा सक्रिय निर्देशक प्रदीप शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो । यसअघि उनले ‘अन्तिम संस्कार’ र ‘गोर्खा: बिनिथ द ब्रेभरी’ निर्देशन गरिसकेका छन् । एनआरएन समूहको लगानी र विनोद सुवेदी ‘क्षितिज’ को कार्यकारी निर्माण रहेको यो फिल्म मुस्ताङ र काभ्रेको पनौतीमा छायाङ्कन गरिएको हो । हलिउड स्तरको भिएफएक्स र कथा प्रस्तुत गर्ने दाबी गरिएको ‘एक्लो’ आगामी पुस १७ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

अगाडिकाे पाेस्ट

छोराको सिरानीमा पासपोर्ट, आमाको मन भक्कानियो: ‘आ बाट आमा’को भावुक टिजर

अर्काे पाेस्ट

धुर्मुसले खोले अमेरिका पलायनको भित्री रहस्य, सरकारले दिएको सास्तीको नालीबेली

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार
कलिउड न्युज

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा
कलिउड न्युज

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

✍ परिकला न्यूज
पुस १५, २०८२ मा प्रकाशित
0

...

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित
मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

मनपर्ने गायिकालाई भेट्दा फ्यानको थामिएन आँशु, रचना रिमाल भइन् भावुक

पुस १३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

‘आ बाट आमा’ले ‘कभर गीत प्रतियोगिता’ को घोषणा, विजेतालाई ५० हजार

पुस १५, २०८२ मा प्रकाशित
गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

गायिका तथा डाक्टर त्रिशला गुरुङ अब ‘माननीय’ बन्ने दौडमा

पुस १५, २०८२ मा प्रकाशित
विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

विश्वप्रकाशको शब्द-संगीत र राजेश पायलको स्वरमा गुन्जियो ‘बिगुल’, चुनावको झल्को दिने राष्ट्रभक्ति भाव

पुस १५, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

मिरमिरेको स्क्रिप्ट लेख्दै निर्देशक यम शेर्पाको दिमागमा दयाहाङ र सृजना

पुस १३, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana