Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दया र मिरुनाको ‘रङ्गेली ग्याङ्स्टर्स’ बाट हट्यो ‘ग्याङ्स्टर्स’, अडिसनबाट छानिए ४० कलाकार

✍ सुवास संकल्प
साउन ३०, २०८० मा प्रकाशित

इटहरी/ नामकै कारण पनि धेरैको चासो बनेको फिल्म ‘रङ्गेली ग्याङ्स्टर्स’ को नाममा हेरफेर गरिएको छ । निर्माण युनिटले एक प्रेस वक्तव्य जारी गर्दै यसअघि सार्वजनिक गरिएको फिल्मको नाम ‘रङ्गेली ग्याङ्स्टर्स’बाट ग्याङ्स्टर्स हटाईएको छ । अब फिल्मको नाम ‘रङ्गेली’ मात्रै रहने छ । यो फिल्ममा दयाहाङ राई र मिरुना मगर अनुबन्ध भैसकेपछी फिल्मको चर्चा एकाएक बढेको थियो भने कोशी प्रदेशको इटहरीमा यो फिल्मका अन्य कलाकारहरुको लागी अडिसन राखिएको थियो । अडिसनमा देशभरबाट १ सय ६० बढीको उपस्थिति रहेको निर्माण युनिटले जानकारी गराएको छ ।

अडिसनकै लागी भनेर कोशी प्रदेशका कलाकारहरूदेखी काठमाडौ, बिरगंज, जनकपुर, राजबिराज, बर्दिबाससंगै धनगढीदेखी पनि अडिसनका उपस्थिति रहेको थियो । गएको अगस्ट ६ तारीखका दिन इटहरीको पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा लिइएको अडिसन सम्भवत कोशी प्रदेशमै पहिलो पटक यति भब्य अडिसन भएको हो । उक्त अडिसनबाट निर्माण युनिटले कलाकार छनौट पनि सम्पन्न गरेको छ । कलाकारहरुको लाईनअप पुर्ण गरेसंगै नाममा हेरफेर र प्रदर्शन मिति समेत तय गरेको हो । ‘रङ्गेली’लाई महाशिवरात्रीको अवसर पारेर यहि आउँदो फागुन २५ गतेबाट औपचारिक प्रदर्शन गरिने भएको हो ।

नाममा केही अन्योलता छाएपछी मोरङ जिल्लामा अवस्थित त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट नाममा परिमार्जन गर्न गरेको अनुरोधलाई निर्माण युनिटले सहर्ष स्विकार गर्दै नयाँ नाम सार्वजनिक गरिएको वक्तव्यमा जनाईएको छ । जसले समाज भित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्नेमा निर्माण युनिट विश्वस्त छ । तर, फिल्मको स्कृप्टमा भने कुनैपनी परिमार्जन गरिएको छैन । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहने फिल्ममा दया, मिरुनासंगै अर्पण थापा, प्रविण खतिवडा र अडिसनबाट अन्य ४० जना कलाकारहरूलाई फाइनल गरिएको छ । फिल्मको कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । बिबेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यहि भदौ २० गतेबाट फिल्म छायाङ्कन सुरु गरिने बताईएको छ ।

अगाडिकाे पाेस्ट

मगर सांस्कृतिको कथा बोल्ने फिल्म ‘घर ज्वाईं’मा दयाहाङ राई र मिरुना मगर अनुबन्ध

अर्काे पाेस्ट

‘तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ’ भन्दै रुपा थापाको ठुम्का

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana