इटहरी/ नेपालको मनोरञ्जन क्षेत्रले नयाँ धारको सुरुवात गरेको छ । नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘द फन्टुस शो’ शनिबारबाट ओएसआर डिजीटल मार्फत औपचारिक रूपमा प्रसारण सुरु भएको छ । हरेक शनिबार राति ९ बजे दर्शकले यो नयाँ ढाँचाको कमेडी प्रतिस्पर्धा हेर्न सक्नेछन् ।
हिल्स एण्ड होराइजन फिल्म्स प्रा.लि.को प्रस्तुति रहेको यो शोको निर्देशन कमेडी च्याम्पियनबाट चर्चित भएका कैलाश कार्कीले गरेका हुन् भने कार्यक्रमको सञ्चालन लोकप्रिय कमेडियन सन्तोष थापाले सम्हालेका छन् । हेर्नुस् पहिलो एपिसोड ।
कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी, र आस्था तिमिल्सिना प्रतियोगीका रूपमा सहभागी छन् । उनीहरूले विभिन्न इम्प्रभ (Improvisation) गेमहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै प्रतिस्पर्धा गर्नेछन् ।
शो तीन राउन्ड सिल्भर, गोल्ड र डायमण्डमा विभाजित गरिएको छ, जसमा प्रत्येक राउन्डमा ६ एपिसोड रहनेछ । प्रतियोगिता अवधिभर एलिमिनेशन र वाइल्डकार्ड प्रणाली लागू हुनेछ । अन्ततः २० एपिसोड पूरा भएपछि एक जना विजेता घोषणा गरिनेछ, जसले नगदसहित आकर्षक पुरस्कारहरू जित्नेछन् ।
@parikalanewsofficial












Discussion about this post