
इटहरी/ फिल्म ‘माइतीघर’को सफलता पछि निर्देशक मिलन तामाङले नयाँ फिल्म ‘कहाँ भेटिएला’ निर्देशन गर्ने भएका छन् । शक्ति नमोबुद्ध फिल्म्स् प्रालीको ब्यानरमा बन्ने यस फिल्मको कथा र निर्देशन दुवै तामाङले स्वयं गर्ने भएका हुन् ।
हाल देशभर उत्कृष्ट व्यापार गर्दै ‘माइतीघर’बाट दर्शक र समीक्षकको मन जितेका तामाङलाई अब नेपालका चर्चित र रोजाइका निर्देशकको रूपमा हेरिएको छ । उनका अनुसार ‘कहाँ भेटिएला’को छायांकन आगामी चैत २० गतेदेखि सुरु हुनेछ भने यसको गीतको छायांकन माघ महिनामै गरिने तयारी छ ।

एनिमेसनदेखि अभिनय र शास्त्रीय संगीतसम्ममा दखल राख्ने तामाङले यो नयाँ परियोजनालाई ‘नेक्स्ट लेभल’को फिल्म बनाउने लक्ष्य लिएका छन् । उनले दर्शकलाई अझ नयाँ स्वाद र उच्च स्तरको मनोरञ्जन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

@parikalanewsofficial















Discussion about this post