इटहरी/ मिसेस पुर्बेली आइकनको दोस्रो संस्करणकी फाइनल प्रतिस्पर्धी सिमा लकान्द्रीले महिलाको हिम्मत, जिम्मेवारी र पारिवारिक साथको महत्वलाई उजागर गरेकी छिन् । उनले महिलाले “छोरी भएर हिम्मत हार्नु हुँदैन” भन्दै आत्मबल र साहसलाई जोड दिएकी छन् । विवाहित महिलाको जीवनमा श्रीमान् महत्वपूर्ण आधार हुने उनको धारणा छ ।
लकान्द्री भन्छिन्, “बिबाहित महिलाको लागि श्रीमान् मूल पार्ट हो, श्रीमान् को सपोर्टले नै श्रीमतिको जीवन अगाडि बढ्ने र नयाँ परिवारसँग घुलमिल हुन सहयोग मिल्ने हुन्छ।” साथै, महिलाले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्दै आफूभित्रको कला, सिप र क्षमतालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएकी छिन् ।
यो प्रतियगितामा ११ जना प्रतिस्पर्धी फाइनलमा पुगेका छन्, जसमा इटहरीकी सीमा लकान्द्री पनि सामेल छिन् । उनले केही साताअघि सम्पन्न ट्यालेन्ट राउण्डमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । प्रतियोगिता आयोजक संस्था ओपन स्पेस प्रालिका सञ्चालक सरोज श्रेष्ठका अनुसार, देशमा आइपरेको समस्याका कारण प्रतियोगिता सम्पन्न गर्न निकै कठिनाई भएको छ । यद्यपि, सम्पूर्ण कार्य सम्पन्न भइसकेको र अब फाइनलको काम मात्र बाँकी रहेको उनले बताए ।

यो प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य राखेको छ । प्रतियोगीहरूले २ चरणको डिजिटल र फिजिकल अडिसन पार गरेर फाइनलमा स्थान सुरक्षित गरेका हुन् । हाल प्रतिस्पर्धीहरूलाई र्याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान लगायत विभिन्न बौद्धिक सिपमा तालिम दिइएको आयोजकले जनाएको छ । उनीहरूलाई शुभेक्षा कार्कीले कोरियोग्राफी गरिरहेकी छन् ।
@parikalanewsofficial
फाइनल प्रतिस्पर्धीहरूमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, इटहरीकी मेघा खड्का, इटहरीबाट अनुशा कुँवर र उर्मिला मगर रहेका छन् ।
मिसेस पुर्बेली आइकनको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक सम्पन्न भइसकेको थियो । यस प्रतियोगितामा उचाइ वा मोटाइको कुनै सीमा तोकिएको छैन । विजेताले १ लाख बराबरको पुरस्कारसहित अन्य आकर्षक उपहार प्राप्त गर्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले यही असोजको २५ गते शनिबार साँझ इटहरीमै हुने आयोजकले जानकारी दिएको छ ।














Discussion about this post