इटहरी/ नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डरको रुपमा हरिस निरौलाका कक्रोज नियुक्त भएका छन् । सोमबार काठमाण्डौँमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । हाल काठमाण्डौँ, भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ शेयर एप बनाएको भएता पनि सवारी एपले देशका विभिन्न प्रमुख शहरहरुमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने हिसावले सञ्चालनमा ल्याएका हुन् । यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसंग अनलाइन सेवा लिन सकिनेछ ।
कार्यक्रममा बोल्दै कक्रोजले बजारमा आएका विभिन्न राइडिङ शेयर एप भएता पनि ति विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गरे । सवारी नितान्त नेपाली युवाहरुले निर्माण गरेको हुदाँ सबैले यसलाई प्रयोग गर्न अनुरोध गरे । आफू सवारीको प्रचार प्रसारको लागि सदैव जिम्मेवार रहने बताउदै कक्रोजले यस सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पुर्ण सन्तुष्टी दिनेमा विश्वस्त रहेको बताए । कार्यक्रमका विशेष अथिती दीपक आचार्य काकुले सवारीले देशमै रोजगारीको सिर्जन गर्न टेवा पुर्याउनेमा विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन, विचारलाई प्रोत्साहन गर्न अनुरोध गरे ।
कार्यक्रमका प्रमुख अतिथीको रुपमा रहेका निर शाहले सवारीले अन्य विदेशी कम्पनीका राइडिङ शेयर कम्पनीलाई चुनौती दिएर सेवा प्रदान गर्नेमा विश्वास रहेको बताए । ति कम्पनीहरुले आफ्नो प्रभाव बढाउन सवारीलाई बद्नाम समेत बनाउन विभिन्न कार्य गर्न सक्ने कुरा इंगित गर्दै त्यस प्रति चनाखो हुदै सुरिक्षत, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्न शाहले सुझाव दिए । नेपाली युवाहरु प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल दुई जना मिलेर यो सेवा सुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरुले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ रुपमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए । कार्यक्रममा निर शाह, रवि गीरी, दीपक आचार्य काकु, हरिस निरौला कक्रोज लागयतका कालाकारहरुको उपस्थिती थियो ।
Discussion about this post