Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

भदौमा नेपाली फिल्महरुको हाटबजार र भिडन्त, हिन्दीसंग भागाभाग

✍ सुवास संकल्प
साउन १५, २०८० मा प्रकाशित
भदौमा नेपाली फिल्महरुको हाटबजार र भिडन्त, हिन्दीसंग भागाभाग

इटहरी/ नेपाली चलचित्र उधोगमा नेपाली फिल्महरुको जुधाई हेर्न सार्है रमाइलो हुन्छ । कुनै महिना सिनेमा हलमा नेपाली फिल्मको खडेरी लाग्छ भने कुनै महिना हाटबजार जस्तै हुन्छ । यसपटक यस्तै भएको छ । यो साउन महिना सुक्खा रह्यो । यो साउन ५ गतेबाट फिल्म लुङा प्रदर्शनमा आयो । तर, धेरैले यो फिल्म प्रती चासो देखाएनन् । यता, यहि साउनको १९ गते अदृश्य नामक फिल्म प्रदर्शन हुँदैछ । यसको पनि पुर्व मुल्यांकन गर्ने हो भने हविगत त्यही हो । दर्शकले मतलब नै गर्दैनन् । बरु असार २९ गतेबाट प्रदर्शन गरिएको फिल्म ‘बगान’ले तानतुन गरेर भएपनी यो महिना कटाउला जस्तो देखिन्छ । तर, हलहरुले यो फिल्मलाई पनि उतार्न थालेका छन् ।

अब भदौमा भने बैसाख भरी लाग्ने मेला जस्तै नै छ नेपाली फिल्मको ताती । भदौभरी ८ दिन त सरकारी छुट्टी नै छ । अनि कस्लाई नहोला र ब्यापारको लोभ ? चल्तिका कलाकार र ब्यानरको नजर यहि महिना परेको छ । मिलेर हैन जुधेर भएपनी फिल्म चाहिँ चलाउने । भदौ भरी ७ ओटा नेपाली फिल्म र एउटा हिन्दी फिल्म प्रदर्शनमा आउँदै छ । भदौको १ गतेबाट अभिनेता गौरव पहारी र नम्रता सापकोटाको प्रमुख भुमिका रहेको फिल्म ‘नम्बरी सुन’ र अभिनेता आकाश श्रेष्ठ र सलोन बस्नेतको प्रमुख भुमिकामा निर्माण भएको फिल्म ‘हिँड्दा हिँड्दै’ एकआपसमा जुधेर प्रदर्शनमा आउँदै छ ।

यस्तै, अभिनेता सलोन बस्नेत, अर्पण थापा, अभिनेत्री केकि अधिकारी, निशा अधिकारी लगायतको प्रमुख भुमिकामा भदौ ८ गतेबाट फिल्म ‘जय हो’ प्रदर्शन हुने भएको छ । त्यसपश्चात् भदौ १४ गतेबाट कृषा चौलागाँइको निर्देशनमा स्वस्तिमा खड्का, वर्षा राउत, सुशिल सिटौला लगायतले अभिनय गरेको फिल्म ‘ऐचो पैचो’ संग मुकुन भुषाल र मेनुका प्रधानको प्रमुख अभिनय रहेको फिल्म ‘गणपति’ एकअपसमा जुध्दै प्रदर्शनमा आउँने पक्का भएको छ । आफू आफु जुधे पनि भारतिय नायक साहरुख खानको फिल्म ‘जवान’ संग भने कसैले जुध्ने हिम्मत गर्न सकेका छैनन् । जुध्यो कि पछारी हाल्छन्, यतिसम्म कि यसअघि केजिएफ २ संग जुध्ने हिम्मत गरेका ‘ए मेरो हजुर ३’ निर्माण युनिट समेतले जवानलाई भदौ २१ मा एक्लै छोड्दिए ।

झरना थापा र सुनिल कुमार थापा बलिउड फिल्मसंग जुध्न त्यही बेला काब्बु भएको यहिबाट बुझ्न सकिन्छ । यी दम्पतीको प्रतिक्षित बनेको फिल्म ‘एक भगवत् गीता’ भदौको २९ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । बिपिन कार्कीलाई कमलामाईको अवतारमा प्रस्तुत गरेपछि यो फिल्मप्रती चासो बढेको छ । फिल्ममा अभिनेत्री सुहाना थापा, अभिनेता धिरज मगर लगायत कलाकारको अभिनय रहेको छ । यता यो फिल्मसंग अर्को नेपाली फिल्म भने जुध्ने टुङ्गो लागिसकेको छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘नाङ्गो गाउँ’ जुध्ने पक्का भएको हो । यसर्थ अन्य भन्दा आउँदो भदौ महिनामा यी २ फिल्मको टक्कर अलि रोचक हुनेछ । ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञि राज्यलक्ष्मी शाह, कर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

रियालिटी शो ‘महागफाडी’को घोषणा, बिजेताहरुलाई ३० लाख नगद र गाडी पुरस्कार

अर्काे पाेस्ट

कक्रोज बने राइडिङ शेयर एप ‘सवारी’को ब्राण्ड एम्बेस्डर

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana