इटहरी/ फिल्म ‘जहाजैमा’को काम तत्काल अगाडि बढ्न नसकेपछि निर्देशक कृषा चौलागाईंले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्म ‘पारस’ को घोषणा गरेकी छन् । एक्सन र प्रेमकथाको मिश्रणमा बन्ने यो फिल्मको बुधबार कालोपुल नजिकै एक कार्यक्रमका बीच निर्माण घोषणा गरेकी हुन् । यो फिल्मको लेखन र निर्देशन आफैंले गर्ने बताएकी छन् ।
यो फिल्मलाई केपी फिल्म्स ब्यानरमा उनकै भाइ विशाल चौलागाईंले निर्माण गर्दैछन् । फिल्मको कथा सचिन लदियाले लेखेका हुन् भने छायांकनको जिम्मा पुरुषोत्तम प्रधानलाई दिइएको छ । यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ मा सँगै काम गरिसकेका छन् र यो उनीहरूको तेस्रो सहकार्य हो । निर्माता विशालको पनि यो टिमसँगको यो तेस्रो प्रोजेक्ट हो ।
कृषाका अनुसार अहिले यो फिल्मको कथामा काम भइरहेको छ । उनले फिल्ममा ‘पिताम्बर’मा भएका कमजोरीलाई ‘पारस’ मा सुधार गर्ने बताइन् । फिल्मको छायांकन आगामी फागुन महिनादेखि सुरु हुनेछ । घोषणा कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । फिल्ममा कलाकार को-को हुनेछन् र यसको प्रदर्शन मिति कहिले हुनेछ भन्ने कुरा भने निर्माण पक्षले खुलाएको छैन ।
@parikalanewsofficial














Discussion about this post