इटहरी/ यही भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ को लिरिकल भिडियो मंगलबार युट्युवमा सार्वजनिक भएको छ । गीतमा थानेश्वर गौतम र शारदा रसाइलीले स्वर दिएका छन् भने संगीत पनि थानेश्वरकै रहेको छ । शब्द रचना श्रवण मुकारुङको रचना र एरेञ्ज नारायण दंगल द्वारा गरिएको छ ।
सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल-अचल दृश्य समेटिएका छन् । यस गीतले फिल्म प्रदर्शनअघि नै दर्शकमाझ उत्साह उत्पन्न गरेको छ । यसअघि सार्वजनिक पोस्टर, टिजर र ट्रेलरले पनि फिल्मप्रति दर्शकहरूको आकर्षण बढाइसकेको छ । यो फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । हेर्नुस् भिडियो ।
फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । बालकलाकारहरूमध्ये असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर को पनि अभिनय छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बा को पटकथा अनुसार शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् भने वीरवल घले कार्यकारी निर्माता हुन् । निर्मातामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले, सह–निर्मातामा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे रहेका छन् । यो फिल्म खिल बहादुर गुरुङ को निर्देशनमा निर्माण भएको हो । संगीत संयोजनमा दीपक शर्मा र थानेश्वर गौतम, मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई, प्रोडक्सन म्यानेजर बिष्णु मैनाली र सम्पादन मित्र डि गुरुङ रहेका छन् ।
@parikalanewsofficial














Discussion about this post