Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘हर्ष’को २ पोष्टर सार्वजनिक, फिल्म मङ्सिर १२ गते रिलिज हुने

✍ परिकला न्यूज
भदौ १७, २०८२ मा प्रकाशित
‘हर्ष’को २ पोष्टर सार्वजनिक, फिल्म मङ्सिर १२ गते रिलिज हुने

इटहरी/ नेपाली फिल्म उद्योगमा नयाँ महिला निर्देशकको उदय हुन लागेको छ । निकै कम महिला निर्देशक भएको नेपाली फिल्म उद्योगमा अब एकता पौडेलको नाम थपिन लागेको छ । उनले आफ्नो डेब्यू निर्देशन रहने फिल्म ‘हर्ष’ मार्फत दर्शकमाझ आउने तयारी गरेकी हुन् । यो फिल्मको सोमबार बिहान दुई फर्स्टलुक पोस्टर सार्वजनिक सँगै फिल्मले औपचारिक रूपमा प्रचारको यात्रा सुरु गरेको हो ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यो पारिवारिक कथानक फिल्म आगामी मंसिर १२ गते रिलिज हुने तय गरिएको छ । सार्वजनिक दुवै पोस्टरले फिल्मको भावनात्मक स्वरूप प्रस्ट पारेका छन् । पहिलो पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला मल्ललाई हर्षित मुद्रामा देखाइएको छ भने सन्तोष पन्तलाई केही असन्तुष्ट भावसहित प्रस्तुत गरिएको छ ।

खगेन्द्र र वर्षा छोरासँग रमाइरहेका देखिन्छन्, जसको भूमिका बालकलाकार साइमन वादीले निभाएका छन् । दोस्रो पोस्टरमा पनि खगेन्द्र–वर्षालाई मुस्कानसहित देखाइएको छ भने नेपथ्यमा सम्भवतः गीतको दृश्य देखाइएको छ, जहाँ सन्तोष पन्तसँगै विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जन नाचिरहेको देखिन्छ । यही पोस्टरमा साइमनलाई बालकृष्णको पहिरनमा प्रस्तुत गरिएको छ भने नीर शाहलाई गम्भीर भावमा देख्न सकिन्छ । यी दृश्यहरूले ‘हर्ष’ ले पारिवारिक जीवनका उकाली-ओरालीलाई कथामा समेटेको स्पष्ट संकेत गर्छन् ।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ । निर्देशक एकता पौडेलको पारिवारिक फिल्मसँग विशेष सम्बन्ध छ । उनका दिवंगत मामा, निर्देशक शिव रेग्मी नेपाली फिल्म क्षेत्रमा पारिवारिक कथाका लागि परिचित नाम हुन् । पौडेलले टाइटल भिडियोसमेत मामालाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन् । रेग्मीको विरासतलाई निरन्तरता दिने उद्देश्यसहित उनले यो फिल्म निर्देशन गरेकी हुन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा फिल्ममेकिङ अध्ययन गरेकी पौडेल आमसञ्चारमा स्नातक र व्यवस्थापन–नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् । उनले यसअघि छोटा फिल्महरू निर्माण गरिसकेकी थिइन् । पूर्ण रूपमा चितवनमा छायांकन गरिएको ‘हर्ष’ हाल पोस्ट–प्रोडक्सनमा छ र निर्देशक पौडेलले यसलाई उत्कृष्ट रूपमा दर्शकमाझ पस्किने दाबी गरेकी छन् । फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । छायांकन आलोक शुक्लाले गरेका छन् भने संगीत समीर/हिमाल, वसन्त सापकोटा र एलिश कार्कीले भरेका छन् ।

@parikalanewsofficial

सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने कोरियोग्राफी सुनिल क्षेत्री र पौडेलले मिलेर गरेका छन् । फिल्मको निर्मातामा प्रशन्न पौडेल र विकास पौडेल छन् भने कार्यकारी निर्माता हिक्मत चोखल रहेका छन् । स्वर्गीय शिव रेग्मी, डा. कृष्णहरी बराल, पवित्रा घिमिरे र नीरकमल खड्काले गीतका शब्द लेखेका छन् । प्रोडक्सन म्यानेजरमा इश्वर घिमिरे र मुख्य सहायक निर्देशकमा कुलदीप अधिकारी रहेका छन् । गोविन्द शाहीको काफिया फिल्म्सले फिल्म वितरण गर्नेछ भने यसको डिजिटल अधिकार बुढासुब्बा डिजिटलले खरिद गरेको छ ।

अगाडिकाे पाेस्ट

इटहरीमा ‘नितेश जंग कुँवर’को लाईभ म्युजिक कन्सर्ट हुने

अर्काे पाेस्ट

‘माइतीघर’को नृत्य प्रतियोगितामा उत्साहजनक सहभागिता, विजेतासँगै अन्यलाई पनि पुरस्कार दिइने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’
कलिउड न्युज

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana