इटहरी/ नेपाली सुन्दरीहरुलाई सौन्दर्य प्रतियोगिताको माध्यमबाट अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टमा सहभागीता गराउदै आएको आरके इन्टरटेन्मेन्ट ग्रुपले ‘मिस ग्राण्ड नेपाल’ को छैठौं संस्करण आयोजना गरेको छ । यो प्रतियोगिताको यतिबेला देशभरबाट अडिसन गरेर छनौट हुँदै फाईनल प्रतिष्पर्धामा १६ जना सुन्दरीहरु छनौट भएका छन् । फिजिकल र डिजिटल अडिसन मार्फत यो प्रतियोगिताको लागि २ सय जनाको आवेदन प्राप्त भएको आयोजकको भनाइ छ ।
छनौट भएका १६ सुन्दरीहरुलाई यतिबेला अनुभवी तथा चर्चित ट्रेनरहरुबाट विभिन्न ब्यक्तित्व विकास तथा सिपमुलक तालिमहरु संगै र्याम्प वाल्कको कक्षा संचालन भैरहेको छ । आयोजक कम्पनीका संचालक लक्की राम केसिका अनुसार यो छैठौं संस्करणमा ‘मिस ग्राण्ड वर्ल्ड’, ‘मिस औरा इन्टरनेसनल’, ‘फेस अफ ब्युटी इन्टरनेसनल’, ‘मिस ल्याण्डस्केप इन्टरनेसनल’, ‘मिस मल्टिनेसनल’ सहित १२ ओटा टाईटलका लागी सुन्दरीहरु छनौट गरिने छ । हेर्नुस् यो समाचारसंग सम्बन्धित रहेर तयार गरिएको कार्यक्रम हाइलाइट्स
जसले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाउने छन् । सुन्दरीहरुको शारीरिक सौन्दर्यता र बौद्धिक सौन्दर्यतालाई प्राथमिकतामा राखेर उनिहरुमा लुकेका प्रतिभाको लागी उपयुक्त मञ्चको रुपमा परिचीत ‘मिस ग्राण्ड नेपाल’ लाई नाम जस्तै ग्रान्ड बनाउने आयोजकको तयारी छ । बिजेताहरुले नगद पुरस्कारसंगै स्कुटर, ब्राण्ड एम्बास्डर, अभिनेत्री हुने मौका सहित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाउने मौका पाउने आयोजकको भनाई छ ।
Discussion about this post