इटहरी/ नेपाली फिल्म क्षेत्रमा आगामी वर्ष २०८३ सालको दशैँ निकै धमाकेदार हुने देखिएको छ । ठूला-ठूला कलाकार र चर्चित टिमको फिल्म रिलिज तयारीले गर्दा दर्शकलाई निकै रोचक प्रतिस्पर्धा हेर्ने अवसर मिल्ने भएको छ । दशैँलाई लक्षित गर्दै एकैपटक तीनवटा फिल्म रिलिज हुने तयारी भइरहेको छ-‘छक्का पञ्जा-६’, ‘१२ गाउँ-२’ र ‘सुख दुःख’। यी तीनै फिल्मले फरक-फरक शैली र कथावस्तु प्रस्तुत गर्ने छ ।
तर, फिल्मवृतमा भने प्रतिष्पर्धा रोचक हुने देखिएको छ । छक्का पञ्जा टीम र १२ गाउँ टीम त गएको वर्ष पनि एकसाथ जुधेका थिए । त्यस्तै, २०८३ को दशैँमा फेरि दीपक-दीपाको टोलीले ‘छक्का पञ्जा-६’ ल्याउन तयारी गरिरहेको छ भने अभिनेता विराज भट्ट र उनका छोरा समीर भट्टले ‘१२ गाउँ-२’ मार्फत पुनः फर्किने घोषणा गरिसकेका छन् ।
@parikalanewsofficial
‘छक्का पञ्जा–६’ मा यसपटक दीपक र दीपाश्रीसँगै जितु नेपाल पनि फर्किने पक्का भएको खबर बाहिरिएको छ भने माग्ने बुढा पनि यथावत रहनेछन् । यता, अभिनेत्री निता ढुङ्गानाले पनि २०८३ सालकै दशैंलाई लक्षित गरेर ‘सुख दुःख’ फिल्म बनाउने तयारी थालेकी छन् । तर, ‘छक्का पञ्जा-६’ र ‘१२ गाउँ-२’ जस्ता फिल्मसँग निता जुध्नेछिन् की प्रदर्शन मिति हेरफेर गर्छिन् ? त्यो भने आगामी दिनमा खुल्दै जानेनै छ ।
यसर्थ, हरेक वर्ष झै २०८३ सालको दशैँमा पनि नेपाली बक्सअफिसमा ऐतिहासिक भिडन्त हुने निश्चित भएको देखिन्छ । यसले दर्शकलाई फरक-फरक स्वादका फिल्म एकैपटक पस्किनेछ । यता यो वर्षको दशैँ पनि मारामार छ । दशैँको फूलपातीमा एकसाथ माईतीघर, बलिदान र हरिबहादुरको जुत्ता सार्वजनीक प्रदर्शनमा आउँदैछ भने दशैकै छेको पारेर अन्य फिल्महरु पनि रिलिज हुँदैछन् ।














Discussion about this post