इटहरी/ फिल्म ‘रिमै’को प्रचार-प्रसारमा सक्रिय निर्माण टिमले ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाण्डौमा भव्य रूपमा सहभागिता जनाएको छ । आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मले आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणलाई प्रमुख विषय बनाएको छ ।
गत शनिबार काठमाडौंका विभिन्न स्थानमा सम्पन्न र्यालीमा ‘रिमै’ टिमले रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहित आफ्नो उपस्थिति जनाउँदै दर्शक र सहभागीहरूलाई आकर्षित गर्यो । आदिवासी समुदायका अभियानकर्ता र कलाकारहरूसहित निर्माण टिमले अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि भइरहेको संघर्षलाई गीत, नाचगान र झाँकीमार्फत सामाजिक सन्देशका रूपमा प्रस्तुत गर्यो ।

निर्देशक खिल बहादुर गुरुङले ‘रिमै’ मार्फत आदिवासी समुदायको वास्तविक जीवन कथा, चुनौती र संस्कृतिलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे । साथै, र्यालीमा सहभागी दर्शकहरूले टिमको पहिचानमूलक उपस्थितिको प्रशंसा गर्दै फिल्म हेर्ने उत्साह व्यक्त गरे ।
@parikalanewsofficial
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्राली र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको ‘रिमै’ मा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र ध्वज कार्कीको छायांकन, दीपक शर्मा र थानेश्वर गौतमको संगीत, तथा मित्र डि गुरुङको सम्पादन रहेको यस फिल्ममा वीरवल घले कार्यकारी निर्माता छन् भने टिक गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता हुन् ।














Discussion about this post