इटहरी/ सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित ‘मर्डर मिस्ट्रि’ कथा बोकेको प्रदीप शाही निर्देशित नेपाली फिल्म ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा उपलब्ध भएको छ । यो फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारीको प्रमुख भूमिका रहेको छ ।
यस्तै कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, बिकाश अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल र धर्मानन्द आचार्यलगायत कलाकारको समेत दमदार अभिनय रहेको यस फिल्म साई प्रोडक्सन नेपाल र ह्याम्साएर एकाउन्टेन्टको सहकार्यमा निर्माण भएको हो ।

नेपालका हलहरूमा प्रदर्शनका क्रममा औसत व्यापार गरे पनि यो फिल्मले समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । निर्देशक शाहीको पहिलो फिल्म ‘1915: लेजेन्ड अफ गोर्खाज’ पहिले नै अमेजन प्राइममा उपलब्ध छ भने हाल उनी तेस्रो फिल्म ‘एक्लो’को सम्पादन अन्तिम चरणमा छन् ।
@parikalanewsofficial
अन्तिम संस्कारको कार्यकारी निर्माता भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ रहेका छन् भने फिल्मको निर्माता विनोद सुवेदी क्षितिज हुन् । बाबु श्रेष्ठले छायांकन र रुपेश गुरुङले सम्पादन गरेको यो फिल्म शाहीको दोस्रो निर्देशन हो ।














Discussion about this post