Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई निमन्त्रणा

✍ परिकला न्यूज
साउन ६, २०८० मा प्रकाशित
फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई निमन्त्रणा

इटहरी/ नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरको तयारी अहिले भव्यरुपमा भईरहेको छ । सो प्रिमियरका लागि गोर्खा वारियरका निर्माता एवम् निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन् । प्रिमियरको तयारी तिब्रगतिमा भईरहेको उनले बताएका छन् । सोही प्रिमियरको लागि निर्देशक चाम्सले बिहिबार बेलायतको सँसद भवनमा पुगेर त्यहाँका संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री डेमियन कोलिन्सलाई भेटेर विशेष अतिथिको रुपमा निमन्त्रणा गरेका छन् । निर्देशक चाम्ससहित गोर्खा वारियरका निर्माता सुमन राई, नायक रितेश चाम्स, बेलायतका लागि पहिलो नेपाली काउन्सलर धन गुरुङ, बेलायतको लागि मिडिया कोअर्डिनेटर आकाश सुनुवार, सहयोगी भाईराजा थापाले मन्त्री कोलिन्सलाई संसद भवनमा भेटेका हुन् ।

उनले मन्त्री कोलिन्समार्फत बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई पनि प्रिमियरको लागि विशेष निमन्त्रणा कार्ड पठाएका छन् । सो भेटका क्रममा कोलिन्सलाई सो चलचित्रको बारेमा जानकारी गराउँदै ट्रेलर आफुहरुले ट्रेलर देखाएको पनि निर्देशक चाम्सले बताए । सो ट्रेलर आफुलाई साह्रै मन परेको प्रतिक्रिया निर्देशक चाम्सलाई दिँदै मन्त्री कोलिन्सले सफलताको शुभकामना समेत व्यक्त गरे । आगामी आगामी २४ भदौमा बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा यो चलचित्रको रेड कार्पेट प्रिमियर हुँदैछ ।

निर्देशक चाम्सले सो बारे जानकारी गराउँदै भने,‘आज म सहित हाम्रो टिमले बेलायतको पार्लियामेन्टमा पुगेर मन्त्री कोलिन्सज्यूलाई निमन्त्रणा गरेपछि उहाँले गोर्खा वारियरको प्रिमियरमा आउने बचन दिनु भएको छ । साथै प्रधानमन्त्री सुनकज्यूलाई सो प्रिमियरमा विशिष्ट अतिथिको रुपमा ल्याउन सक्दो प्रयास गर्ने पनि बताउनु भएको छ ।’ यतिबेला प्रिमियरको तयारीका लागि आफुसहित गोर्खा वारियरको बेलायत टिम दौडधुपमा लागि रहेको पनि निर्देशक चाम्सले बताएका छन्,‘हालसम्म हामीले बेलायतको ब्ल्यान्डफोर्ड, टिडवर्थ, मैडस्टोनका विभिन्न ठाउँमा पुगेर त्यहाँ रहेका अतिथि तथा नेपालीहरुलाई यो प्रिमियरको लागि निमन्त्रण गरिसकेका छौं । बाँकी स्थानमा समेत पुगेर हामी निमन्त्रणाको काम दुई÷चार दिनमै सम्पन्न गर्दैछौं ।’

निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवारका सदस्यहरु, बेलायतका मन्त्री डेमियन कोलिन्ससहित विभिन्न सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु सहभागी हुने भएका छन् । यस्तै बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरुलाई पनि आफुहरुले निम्ता गरिसकेको पनि उनले जानकारी गराएका छन् ।

नेपाली चलचित्रकै इतिहाँसमा सर्वाधिक महँगो स्थान र बजेटमा हुन लागेको यो प्रिमियरलाई एउटा अमिट इतिहास बनाउने तयारीमा आफुहरु दिनरात जुटिरहेको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । चलचित्र गोर्खा वारियर ‘वार’ जनरामा निर्माण भएको सिनेमा हो । यो चलचित्रमा नव अभिनेता रितेश चाम्स, बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

अगाडिकाे पाेस्ट

मेयर हर्क साम्पाङ युके नजाँदा धरानलाई थोरैमा २५ लाख घाटा

अर्काे पाेस्ट

नारी पात्रलाई विशेष महत्त्व दिदै फिल्म ‘जुलेबी’को पोस्टर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana