Monday, March 23, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘अभिमन्यु’को दुई पोस्टर रिलिज, एकातिर रहस्य र अनुसन्धान अर्कोतिर आत्मीय सम्बन्ध

✍ सुवास संकल्प
साउन १३, २०८२ मा प्रकाशित
‘अभिमन्यु’को दुई पोस्टर रिलिज, एकातिर रहस्य र अनुसन्धान अर्कोतिर आत्मीय सम्बन्ध

इटहरी/ अल टाइम ब्लकबस्टर फिल्मको ‘पूर्ण बहादुरको सारंगी’ निर्माण टिमले अर्को प्रतिक्षित नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को दुई फरक पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले सोमबार सार्वजनीक गरेको २ पोष्टरले द्वन्द, रहस्य र भावनात्मकताको झल्को दिन्छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्मलाई भाद्र २७ गते नेपाली र असोज ६ गते हिन्दी भाषामा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

टिमले सार्वजनीक गरेको पहिलो पोस्टरमा विभिन्न पात्रहरूलाई गम्भीर र रहस्यमय अवस्थामा प्रस्तुत गरेको देखिन्छ । माथिल्लो भागमा ५ जना पात्रहरूको चरित्रलाई छुट्टाछुट्टै फ्रेममा देखाइएको छ, जसबाट कथामा सामाजिक, मानसिक र व्यक्तिगत संघर्षका आयामहरू झल्किन्छन् । पोष्टरको तल्लो भागमा अर्को दृश्य देखिन्छ जहाँ एक जना प्रहरीले हत्कडी लगाएका व्यक्तिलाई सोधपुछ गरिरहेको र त्यसलाई अर्को प्रहरीले क्यामेराले कैद गरिरहेको दृश्यले फिल्मको कथा अनुसन्धान र अपराधसँग जोडिएको संकेत गर्छ । फिल्मको यसअघि रहस्य बोकेको एक पोष्टर र मोसन टिजर सार्वजनीक भइसकेको छ ।

यस्तै दोस्रो पोस्टर भावनात्मक र आत्मीय छ । रातको समय, थुप्रै दियोहरुमा बत्ति बालिएका छन्, जहाँ फिल्मका २ पात्रहरू मुस्कानसहित ती बत्तिहरू बालीरहेका छन् । यसले सम्बन्ध, संस्कृति, प्रेम र परम्पराको पृष्ठभूमि बोकेको गहिरो सन्देश दिन्छ । यस पोस्टरमार्फत कथाको सौन्दर्य र संवेदनात्मक पक्षलाई प्रष्ट्याउँछ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।

यो फिल्म ‘अभिमन्यु: च्याप्टर १’को निर्देशक सुषान्त गौतम हुन् भने लेखक मुकेश खनाल हुन् । विनोद पौडेल र गुन्जन गिरी निर्माता रहेको फिल्मको कार्यकारी निर्माताहरूमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, निराजन लुइटेल, सन्देश श्रेष्ठलगायत छन् । रमेश चौलागाईं र हरी श्रेष्ठ सहायक निर्माता हुन् । एनबी महर्जनको एक्सन निर्देशन, सरद महतोको डिओपी, रोशन विश्वकर्माको कोरियोग्राफी र मदन घिमिरेको सम्पादन यो फिल्ममा रहेको छ । फिल्मलाई डिजिटल सिनेमा नेपाल र कुबेर सिने डीस्टीव्युटरले वितरणको जिम्मा लिएको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘क्याप्टेन साब’ को छायाङकन सुरु

अर्काे पाेस्ट

शिव रेग्मीको स्मृतिमा निता ढुंगानाको ‘सुखदुःख’, मुख्य भूमिकामा मिथिला शर्मा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित
कलिउड न्युज

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana