इटहरी/ नेपाल चलचित्र विकास बोर्डका पुर्व अध्यक्षसमेत रहेका फिल्म निर्माता राजकुमार राईले ‘पापी मान्छे ३’ बनाउने भएका छन् । १८ वर्षअघि निर्माण भएको सुपरहिट फिल्म ‘पापी मान्छे’ को सिरिज हो ‘पापी मान्छे ३’ । यो फिल्मको मुख्य पात्रको रुपमा चिम्पान्जी रहने बताईएको छ । ‘एनिमल राइट्स’ का कारण जनावरलाई सिनेमामा खेलाउन नपाइने भएकाले चिम्पान्जीको दृष्यलाई भिएफएक्स मार्फत प्रस्तुत गरिने छ ।
आरसी पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मलाई जनकदिप पराजुलीले निर्देशन गर्नेछन् । निर्देशक समाजको अध्यक्ष समेत रहेका उनले यो फिल्मबाट १ दशकपछि फिल्म निर्देशनमा कमब्याक गर्दैछन् । यता निर्माताका रुपमा रहेका राई पनि ५ वर्षको अन्तरालमा पुनः फिल्म निर्माणमा फर्किएका हुन् । फिल्मका लागी कलाकारहरु फाईनल भैसकेको छैन् भने नेपाली सहित विदेशी कलाकारको समेत ‘पापी मान्छे ३’ मा अभिनय रहने जनाईएको छ । यसैवर्ष छायांकन सम्पन्न गरिने फिल्मलाई आउँदो वर्ष सार्वजनिक प्रदर्शनमा ल्याईने छ ।
Discussion about this post