इटहरी/ गायनमार्फत दर्शकको मन जित्दै आएकी अन्नु चौधरीले अब सामाजिक सेवामा समेत सक्रिय हुने घोषणा गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले शनिबार राती सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै कन्सर्ट, महोत्सव तथा अन्य कार्यक्रमबाट प्राप्त हुने पारिश्रमिकको केही हिस्सा सामाजिक कार्यमा खर्च गर्ने निर्णय सार्वजनिक गरेकी हुन् ।
“आजदेखि मैले मेरो सांगीतिक यात्रा सँगै केही सामाजिक दायित्वहरू पनि पूरा गर्ने निर्णय लिएकी छु,” भन्दै अन्नुले शुभेच्छा दिने सबैलाई माया र साथको अपिल गरेकी छन् । साथसाथै, जन्मदिनमा शुभकामना दिने सम्पूर्ण शुभचिन्तकप्रति उनले आभारसमेत प्रकट गरेकी छन् ।

हालै मात्र अन्नु ‘बर्खाको मौसम’ बोलको गीतमार्फत म्युजिक भिडियो मोडलिङमा पनि देखिएकी छन् । सो गीतमा स्वर पनि उनकै रहेको छ भने भिडियोमा उनले उत्कृष्ठ अभिनय प्रस्तुत गरेकी छन् । गायनसँगै अभिनयमा पनि जम्दै गरेकी अन्नुको यो बहुआयामिक सक्रियता स्रोता–दर्शकमाझ थप चर्चाको विषय बनेको छ ।

@parikalanewsofficial














Discussion about this post