Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

एक ब्लकबस्टरले जन्मायो तीन फिल्मको प्रचार ट्यागलाइन, रोचक बन्दै भदौरे फिल्म

फ्रम द मेकर्स अफ पूर्ण बहादुरको सारङ्गी - 'अभिमन्यु', फ्रम द एक्टर अफ पूर्ण बहादुरको सारङ्गी - 'जनै हराएकाे मान्छे' र फ्रम द डिरेक्टर अफ पुर्ण बहादुरको सारङ्गी - 'कोशेढुंगा' ।

✍ सुवास संकल्प
साउन २, २०८२ मा प्रकाशित
एक ब्लकबस्टरले जन्मायो तीन फिल्मको प्रचार ट्यागलाइन, रोचक बन्दै भदौरे फिल्म

इटहरी/ नेपाली फिल्म उद्योगमा यतिबेला एउटा भिन्न शैलीको प्रचार ट्रेन्ड देखिएको छ । जहाँ केही समयअघि नेपाली फिल्म इतिहासमै सबै रेकर्ड ब्रेक गर्दै ब्लकबस्टर बनेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ यतिबेला ३ ओटा फिल्मको प्रचार ट्यागलाईन बन्न पुगेको छ । ती फिल्म हरु हुन् ‘जनै हराएको मान्छे’, ‘कोशेढुंगा’ र ‘अभिमन्यु’ । यस्तै यी ३ ओटै फिल्मले ‘पूर्ण बहादुरको सारङ्गी’लाई आ-आफ्नो ट्यागलाइनमा समावेश मात्रै गरेका छैनन् की अर्को संयोग, यी सबै फिल्म आउँदो भदौ महिनामा प्रदर्शनमा आउदै छ ।

यो सबै हुनुको पछाडि बजारको हल्ला र चर्चालाई नियाल्ने हो भने ‘पूर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर भएपछि निर्माण टीम भित्र आएको आपसी मतभेद र टीम फुट्नु हो । ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएपछि यसको निर्माण टिमभित्र केही खटपट देखिएको थियो भने निर्देशक पनि असन्तुष्ट थिए । यतिबेला ‘जनै हराएको मान्छे’ निर्माण युनिटले फिल्मको प्रमुख कलाकार विजय बराल भएका कारण आफ्नो फिल्मलाई “From the Actor of Purna Bahadurko Sarangi” ट्यागलाईन दिएर प्रचारप्रसार गरिरहेका छन् ।

यस्तै ‘अभिमन्यु’ निर्माण युनिटले पनि सोही शैली अपनाएको छ । यो फिल्मका निर्माता विनोद पौडेल, पूर्ण बहादुरको सारङ्गीका निर्माता हुन् । उनले पनि आफ्नो फिल्मको प्रचारप्रसार कन्टेन्टहरुमा “”From the Makers of Purna Bahadurko Sarangi” ट्यागलाईन देखिन्छ । यस्तै अर्को फिल्म ‘कोशेढुंगा’ फिल्म युनिट पनि यही प्रतिष्पर्धामा छन् । यो फिल्मका निर्देशक सरोज पौडेल, पूर्ण बहादुरको सारङ्गीका निर्देशक हुन् । त्यसैले उनले पनि ‘ कोशेढुंगा ‘ को प्रचार कन्टेन्टमा “From the Director of Purna Bahadurko Sarangi” लेखेको देखिन्छ ।

संयोगवश, सल्लाह वा प्रतिस्पर्धाका लागि एकअर्कासँग नजुधे पनि यी तीनवटै फिल्म भदौ महिनामै प्रदर्शनमा आउँदैछन्, जसले नेपाली बक्स अफिसमा एक रोचक प्रतिस्पर्धा देखिएको छ । जनै हराएको मान्छे भदौ ६ गते, कोशेढुंगा भदौ १२ गते र अभिमन्यु भदौ २७ गते प्रदर्शन हुँदैछ । यहाँ कुनै फिल्म एकअर्का सँग जुधेका छैनन् । तर, आ-आफ्नो तरिकाले आ-आफ्नो फिल्मबाट विगतको प्रतिफलको फाईदा एउटै महिनाबाट उठाउन लागिपरेको देखिन्छ । यो रोचक देखिन्छ ।

यसैबीच, ‘पूर्ण बहादुरको सारङ्गी’का अर्का निर्माता प्याट्रिक सुवेदीले पनि ‘चुलेनिम्तो’ नामक नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । यस फिल्मको प्रचारप्रसार सामग्रीमा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ कै ट्यागलाइन प्रयोग हुनेछ भन्ने दुईमत छैन । यी फिल्म निर्माण युनिटहरुले अब कहिले सम्म यो ट्यागलाइन लगाइरहने हुन्, त्यो भने आगामी दिनको बताउने छ ।

@parikalanewsofficial

‘पूर्ण बहादुरको सारङ्गी’पछि निर्माण टिम विभाजित हुनु र निर्देशकको असन्तुष्टिले नयाँ परियोजनाहरूलाई कसरी उत्प्रेरित गरेको छ भन्ने यो घटनाले देखाउँछ । अभिनेता विजय बरालको ‘जनै हराएको मान्छे’मा मुख्य भूमिका पनि यसै सन्दर्भमा हेर्न सकिन्छ, यद्यपि उनको मनमुटाव भने नभएको चर्चा छ । यो अवस्थाले नेपाली फिल्म उद्योगमा एउटा फिल्मको सफलता वा चर्चाले नयाँ फिल्महरूलाई कसरी प्रभाव पार्न सक्छ र नयाँ प्रचार रणनीतिहरू कसरी विकास हुन सक्छन् भन्ने उदाहरण पेश गरेको छ । अब हेर्न बाँकी छ, भदौमा यी तीन फिल्महरुले बक्स अफिसमा कस्तो प्रभाव देखाउँछ, र ‘पूर्ण बहादुरको सारङ्गी’को विरासत कायम राख्न कति सफल हुन्छ ? त्यो प्रतिक्षाको विषय बनेको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘जनै हराएको मान्छे’बाट प्लेब्याक गायनमा प्रोसेस पाण्डेको डेब्यु

अर्काे पाेस्ट

‘द भ्वाइस अफ किड्स’ विवादमा, मेलिना राईलाई कालोमोसो र जुत्ताको माला लगाउने चेतावनी

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana