Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘विन्डो सिट’को कोशी प्रदेशको प्रमुख शहरमा विशेष शो गरिने

✍ परिकला न्यूज
असार २४, २०८२ मा प्रकाशित
फिल्म ‘विन्डो सिट’को कोशी प्रदेशको प्रमुख शहरमा विशेष शो गरिने

इटहरी/ नारीको संवेदनशील दृष्टिकोणमार्फत राजनीतिक आन्दोलनको चिर्कटो खोल्ने नेपाली फिल्म ‘विन्डो सिट’ अब नेपालमा विशेष शोमार्फत सार्वजनिक हुने तयारीमा छ । भारतमा निर्माण भएको यो फिल्म सन् १९८६ मा भारतको पश्चिम बंगाल, विशेषतः दार्जिलिङमा भएको हिंसात्मक गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा आधारित छ । तर, यो केवल एउटा राजनीतिक कथा भने नभएको निर्माण युनिटले जनाएको छ । यो महिलाको जीवन, संघर्ष र चेतनासँग गासिएको जीवन्त प्रस्तुति हो ।

केही अघि सिक्किममा आयोजित विशेष शोमा उल्लेखनीय प्रतिक्रियाहरू पाएपछि निर्माण टिम नेपालका कोशी प्रदेशका प्रमुख शहरहरूबाट विशेष प्रदर्शन गर्दै नेपालभर प्रदर्शनको यात्रामा जुटेको छ । फिल्मका लेखक, निर्देशक तथा सम्पादक वंगेल शेर्पाका अनुसार, “विन्डो सिट, चार फरक महिला पात्रहरूको कथा हो, जसले आशा, निराशा, प्रेम र अराजकताको आरोह-अवरोह पार गर्दै समाजका विविध तहमा रहेका संघर्षहरूको प्रतिविम्ब प्रस्तुत गर्छ ।”

फिल्मले एउटा सामान्य परिवारको कथा प्रस्तुत गर्छ, जो राजनीतिक अशान्तिको बिचमा परेको छ । कथाले देखाउँछ कि, कसरी राजनीतिक आन्दोलनको क्रसफायरले जीवनलाई विदारक मोडमा पुर्‍याउँछ । वैचारिक चरमपन्थ, विश्वासघात, पारिवारिक बन्धन र अस्तित्वको लडाइँ फिल्मका मूल विषयवस्तु हुन् । निर्देशक शेर्पाको विश्वास छ कि फिल्मले दर्शकलाई गहिरो भावनात्मक प्रभाव पार्नेछ, किनभने यसले अँध्यारो परिस्थितिमा पनि मानिसभित्रको उज्यालो खोज्ने क्षमतालाई उजागर गर्छ ।

@parikalanewsofficial

‘रोल सिनेमा एक्शन’को ब्यानरमा बनेको फिल्मको निर्माणमा माया शेर्पा, प्रमोद शेर्पा, शुभम चांडक, प्रशुन प्रधान, शुवेक्षा क्षेत्री, प्रणय प्रधान, अमृत सिंह, शुशोभन सरकार, पासाङ टासी भुटिया, अपराजिता सेनगुप्ता, विनय सिन्चुरी र रितिका पुन मगर रहेका छन् । कार्यकारी निर्माता वंगेल शेर्पा र प्रयाग प्रधान हुन् । फिल्मको छायांकन प्रयाग प्रधानले गरेका हुन् भने हिमाल शर्मा क्यामेरापर्सनको भूमिकामा छन् । संगीतमा उदय सोताङ, श्रुती विश्वकर्मा र आशिष खातीको स्वर रहेको छ । गीतहरूको कोरियोग्राफी पन्नु गजमेरको रहेको छ ।

कस्ट्युम र हेयर डिजाइन वेदा क्षेत्री र निकिता चाम्लिङले सम्हालेका छन् । फिल्ममा मेनुका प्रधान, सुरक्षा पन्त, सोनाम डिकी शेर्पा, प्रविण सेन्चुरी, मालती क्षेत्री, हेलेन लेप्चा, जेसिका मुखिया, शुष्मा प्रधान, अभिगल विश्वकर्मा, रुथ राई, लेक्जिमा भुटिया, सफल गुरुङ, राहुल मुखिया, विश्वराज परियार, फुप्देन शेर्पा, सोनाम तामाङ, विश्वास गुरुङ र कृषि क्षेत्रीको अभिनय रहेको छ । नेपालमा आयोजना हुने विशेष शोहरूमा जे.बी. टुहुरे फाउण्डेशन स्थानिय संयोजकको रूपमा समावेश हुनेछ ।

अगाडिकाे पाेस्ट

५१ दिनमा फिल्म ‘कोशेढुंगा’को छायांकन सम्पन्न, ४० देशमा एकसाथ प्रदर्शन हुने

अर्काे पाेस्ट

फिल्म ‘बाटुलो जुन’मा अनमोल र प्रिन्सीसँगै स्नेहा भट्टराई सेकेन्ड लीड क्यारेक्टरमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana