इटहरी/ नेपाली फिल्म उद्योगमा पहिलोपटक वैज्ञानिक कल्पनामा आधारित साइफाइ कथा लिएर तयार भएको फिल्म ‘एक्लो–१’ले आफ्नो फस्टलुक सार्वजनिक गर्दै दर्शकको ध्यान खिचेको छ । फरक विधा, फरक प्रस्तुति र भविष्यको संसारको झल्को दिने शैलीसहित तयार गरिएको यस फिल्मलाई आउँदो पुष महिनामा प्रदर्शन गर्ने तयारी गरिएको छ । यद्यपि, ठ्याक्कै मिति भने खुलाइएको छैन ।
प्रदीप शाहीको निर्देशनमा निर्माण भएको ‘एक्लो–१’को पोष्ट–प्रोडक्सन बेलायतमा भइरहेको छ । निर्माण टिमले क्रिसमसको समयलाई लक्षित गरी फिल्म प्रदर्शन गर्ने योजना बनाएको छ । सार्वजनिक गरिएको फस्टलुक भिडियोले दर्शकमाझ फिल्मप्रति उत्सुकता थप उचाइमा पुर्याएको देखिन्छ । हेर्नुस् भिडियो।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती कलाकार जेमी बेकनको समेत अभिनय रहेको छ ।
राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, सुशीला वादी, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ निर्माता रहेका फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्मको छायांकन बाबु श्रेष्ठले र एक्सन संयोजन राजु तामाङले गरेका छन् ।
@parikalanewsofficial














Discussion about this post