इटहरी/ नेपाली फिल्म क्षेत्रका चर्चित हास्यकलाकार तथा प्रतिभाशाली अभिनेता बुद्धि तामाङले नेपाली फिल्म उद्योगमा एक प्रभावशाली कलाकारको रूपमा स्थापित भएका छन्। चलचित्र विकास बोर्डले सोमबार २५ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार, २०८० सम्म पाँच करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने शीर्ष २५ फिल्महरूमध्ये ११ वटामा बुद्धि तामाङको उपस्थिति रहेको छ।
बुद्धिको अभिनय रहेको ‘कबड्डी’ सिरिजका चारवटा फिल्म र ‘छक्का पञ्जा’ फ्रेन्चाइजका पहिलोदेखि चौथो भागसम्मले उल्लेखनीय व्यावसायिक सफलता पाएका छन्। यसबाहेक ‘पूर्ण बहादुरको सारङ्गी’, ‘जारी’, र ‘अञ्जिला’ जस्ता फिल्महरू समेत पाँच करोडभन्दा बढी आम्दानी गर्ने सूचीमा छन्।बुद्धि तामाङको पहिलो लामो भूमिका रहेको र व्यवसायिक सफलता हासिल गर्ने फिल्म ‘कबड्डी’ नै थियो। प्रारम्भमा उनी फिल्मको कला निर्देशक आर्ट डिरेक्टर का रूपमा काम गर्थे। सोही क्रममा उनले साना भूमिकाबाट अभिनय यात्रा सुरु गरेका थिए।
@parikalanewsofficial
हालसम्म उनले १०० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेका छन्। २५ वर्षभित्र सर्वाधिक आम्दानी गर्ने फिल्महरूको सूची सार्वजनिक गर्दै चलचित्र विकास बोर्डले ती फिल्मका निर्माताहरुलाई सम्मान गरेको छ।
Discussion about this post