इटहरी/ तीजको उल्लास नजिकिँदै गर्दा, नेपाली संगीत बजारमा विशेष तीज गीतहरूको ओइरो लागेको छ। केही गीतहरूले स्टुडियोदेखि क्यामरासम्मको यात्रा तय गर्दैछन् भने, कतिपयले स्रोतामाझ आफ्नो स्थान बनाइसकेका छन्। यसै क्रममा, सदाबहार स्वरकी धनी समिक्षा अधिकारीको आवाजमा ‘माइतीको दैलो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। यो गीतमा समिक्षालाई मदन ढकाल, बिमला ढकाल र लक्ष्मी बस्नेतले स्वरमा साथ दिएका छन्।
गायक मदन ढकालको विशेष प्रस्तुतिमा सार्वजनिक गरिएको यो गीतलाई यस वर्षको तीजमा सम्पूर्ण दिदीबहिनीका लागि प्रेमिल कोशेलीका रूपमा हेरिएको छ। गीतको शब्द रचना स्वयं मदन ढकालले गरेका हुन्, जसमा घनश्याम खत्रीको कर्णप्रिय संगीत रहेको छ। अनमोल बस्नेतले संगीत संयोजनको जिम्मा लिएका छन् भने, बिमल छिनालले गीतलाई श्रवणयोग्य बनाउन मिक्सिङको काम गरेका छन्।

गोरखाको प्राकृतिक सौन्दर्यलाई भिडियोमा उतारिएको यस गीतमा मोडल उषा सुवेदीको जीवन्त अभिनय देख्न सकिन्छ। उनीसँगै घनश्याम खत्री, बिनोद बिके, गीता परियार र मन्जु पाण्डेको अभिनयले भिडियोलाई थप आकर्षक बनाएको छ। मरुभूमि नारायणले क्यामेरामा कैद गरेको यो दृश्यलाई रोशन धितालले सम्पादनमार्फत सुव्यवस्थित बनाएका छन्। यस भिडियोको निर्देशन र कथा लेखनको बागडोर भने गायक मदन ढकालले नै सम्हालेका छन्।
भिडियोले एक चेलीले आफ्नो श्रीमानको असामयिक निधनपछि माइतीको दैलोमा पोखेको पीडा र भावनालाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। यो भावुक प्रस्तुति टिएम म्युजिक प्रोडक्सन युट्युब च्यानलमार्फत दर्शकमाझ पुगेको छ। यस गीतले तीजको अवसरमा शुभकामनाका साथै पारिवारिक सम्बन्ध र संवेदनाको गहिराइलाई पनि दर्शाएको छ।
@parikalanewsofficial














Discussion about this post