इटहरी/ पहिलो म्युजिक भिडियोबाटै लोकप्रियता पाएकी मोडल कुशुम शर्मा अहिले आलोचनाको घेरामा परेकी छन् । उनको एक भिडियो क्लिप यतिबेला टिकटकमा भाइरल भैरहेको छ । जुन भिडियोको कारण उनको आलोचना सुरु भएको हो । भिडियोमा उनले लगाएको पर्पल हट ड्रेसका कारण उनलाई कमेन्टको वर्षात भैरहेको छ । टिकटक प्लेटफर्ममा केही टिकटक एकाउन्टले भ्युज, फलोअर्स र कमेन्टको लोभमा उनको माथिल्लो भाग केही खुलेको ड्रेस लगाएको भिडियो अप्लोड गरेको छ ।
सो भिडियोलाई कुशुम आफैले भने पोस्ट गरेका हैनन् । अरु कसैले पोस्ट गरेको भिडियोका कारण उनले यस्तो प्रतिक्रियाको सामना गर्न परिरहेको छ । सकम्बरी भिडियो सार्वजनिक भएको बेला केही कारणहरुले ठुलै विवाद भएको थियो, तर त्यो बेला उनी भने बचिन् । अहिले ड्रेसका कारण साच्चै नै सकम्बरी भएको प्रतिक्रिया उनले सामाजिक संजालबाट पाईरहेकी छन् ।
भाइरल नेपाली’ टिकटक एकाउन्ट बाट पोस्ट भएको उक्त भिडियोको प्राय:ले कमेन्टमा कुशुमलाई नराम्रो भनेको देखिन्छ । यता कुशुमले भने ‘मैले मेरोबाट पोस्ट गर्या नि हैन, यो ड्रेस एउटा शोको लागि थियो मैले लगाको नि हैन किन यस्तो गर्नु’ भनेर सोही भिडियोको कमेन्टमा लेखेकी छन् । यस्तै उनले सो भिडियोको कमेन्ट बक्समा यो भिडियो डिलेट गर्नु भन्दै अन्य कमेन्टहरु समेत गरेकी छन् । तर, ६ दिन अघि पोस्ट भएको उक्त भिडियो टिकटकमा यथावत छ भने अन्य टिकटक एकाउन्टमा समेत उक्त भिडियो देख्न थालिएको छ । कुशुमले पुनः उक्त भिडियो डिलेट गर्न आग्रह गर्दै ‘डिलेट गर्नु भनेसी हुदैन दाई ? राम्रो संग भनेर लाग्दैन दाइ ? मेरो एकाउन्ट बाट पोस्ट भको छ र यो ? ड्रेस ट्राई गर्दाको भिडियो कसरी आयो के था’ भनेर लेखेकी छन् ।
यस्तै उनले आफ्नै कमेन्टमा रिप्लाई गर्दै ‘मेरो अनुमती बिना यसरी अर्कालाई डोमिनेट गर्ने काम ठिक हो त ?’ भनेकी छन् । तर उनको कमेन्टको सुनुवाइ भएको छैन् । छोटो समयमै व्हात्तै हिट भएकी उनलाई पाईला-पाईलामा आफ्नो लोकप्रियता बचाउन हम्मे हम्मे परेको छ । सामान्य जिवनबाट एकैचोटि सार्वजनिक जीवनमा आइसकेपछी पत्रकारहरुको प्रश्नको सामना गर्न र सार्वजनिक ठाउमा आफुलाइ सजग बनाउन सकस परिरहेको बेला सामाजिक संजालमा आलोचना खेप्नु परेको छ ।
Discussion about this post