इटहरी/ ग्रामीण परिवेशमा आमाको पीडा र दुई छोराबीचको सम्बन्धलाई गहिरो रूपमा उजागर गर्ने सफल फिल्म ‘झिँगेदाउ’अब आफ्नो दोस्रो भाग लिएर फर्किंदैछ।वि.सं. २०७९ सालमा दर्शकको मन छुने कथासँग आएको फिल्मको सिक्वेल ‘झिँगेदाउ २’ को निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ।
निर्देशक ज्ञानेन्द्र देउजाले निर्माणको चाप र सिर्जनात्मक बागडोर एकसाथ सम्हाल्दै फिल्मलाई अगाडि बढाइरहेका छन्। हालै उनले ‘झिँगेदाउ’ की दुई प्रमुख अभिनेत्रीहरू केकी अधिकारी र आँचल शर्मासँग औपचारिक सम्झौता सम्पन्न गरेका छन्। ती दुईको पुनरागमनले दर्शकमाझ भावनात्मक पुन जोड सिर्जना गर्ने अपेक्षा गरिएको छ।साथै, पहिलो भागका अन्य चर्चित पात्रहरू मुकुन भुसाल र कुशल विष्ट पनि सिक्वेलमा पुन देखिने भएका छन्। उनीहरूका कथानकले निरन्तरता पाउनेछ, तर यसपटक थप जटिल मोडहरूका साथ।फिल्मको कास्टिङमा नयाँपन थप्न निर्देशक देउजा अहिलेका चर्चित युवा कलाकारहरूमध्ये दुई जनालाई ‘झिँगेदाउ २’ मा भित्र्याउने सोचमा छन्।
पहिलो भागमा वृद्धाश्रमको ढोकासम्म पुगेकी आमाको कथा अब त्यहीँबाट सुरु हुनेछ। कथावस्तु निर्देशक देउजाले नै तयार गरेका हुन्। यसले दर्शकलाई पुरानो भावनामा फर्काउँदै नयाँ द्वन्द्व र सम्भावनासहितको यात्रामा लैजानेछ।
पटकथा तथा संवादको जिम्मा कसले सम्हाल्ने भन्नेमा निर्देशकले हाल मौनता अपनाएका छन्। तर उनले पुष्टि गरेका छन् कि यो श्रृंखला पनि पहिलाजस्तै ग्रामीण जीवनको सम्वेदनशीलता, पारिवारिक टकराव र सामाजिक यथार्थमा आधारित हुनेछ।निर्माण पक्षले फिल्मलाई सशक्त सामाजिक सन्देशसहितको मनोरञ्जन दिन प्रयासरत रहेको जनाएको छ। नयाँ पात्रहरूको प्रवेश, पुराना पात्रहरूको पुनर्मिलन र कथामा आउने मोडले ‘झिँगेदाउ २’ नेपाली सिनेमामा पुन एउटा अविस्मरणीय छाप छोड्ने अपेक्षा गरिएको छ।
@parikalanewsofficial















Discussion about this post