इटहरी/ जेठ २३, शुक्रबार देखि देशभरका हलहरूमा फिल्म’जन्ते बाख्रो’ प्रदर्शनमा आएको छ। प्रिमियर शोहरूबाटै’पूर्ण मनोरञ्जनात्मक र पारिवारिक फिल्मको’ को सकारात्मक प्रतिक्रिया पाएको यो फिल्मलाई प्रदर्शकहरूले उत्साहजनक शोहरू दिएका छन्।
क्यूएफएक्स सिनेमाजले आफ्ना देशभरका आउटलेटहरूमा ‘जन्ते बाख्रो’ लाई उल्लेख्य संख्यामा शोहरू प्रदान गरेको छ। काठमाडौंका दरबार सिनेम्याक्स, भक्तपुर, लबिम मल, सिभिल मल, छायाँ सेन्टर, राइजिङ्ग मल, र सिटी स्क्वायर लगायतका आउटलेटहरूमा फिल्मले राम्रो शो पाएको छ। मोफसलमा पनि क्यूएफएक्स अन्तर्गत नेपालगन्ज, बुटवल, दमौली, नारायणघाटको जलमा, विराटनगर, बिर्तामोड, वीरगन्ज, पोखरा र चितवनका हलहरूमा फिल्मले राम्रो प्रदर्शन अवसर पाएको छ।
क्यूएफएक्स बाहेक काठमाडौंमा रहेका बिग मुभिज सिटी सेन्टर, बिएसआर मुभिज गोंगबु, सिने डी सेफ सुन्धारा, एफक्युब केएलटावर, विश्वज्योति सिनेमाज जमल, रन्जना सिनेप्लेक्स न्युरोड , किर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज सितापाइला, वान सिनेमाज बानेश्वर र कालिमाटी लगायतका मल्टिप्लेक्सहरूले पनि ‘जन्ते बाख्रो’ लाई पर्याप्त शो दिएका छन्। आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मल, बानेश्वर, र बुटवल लगायतमा, साथै नैकापको डीएम सिनेमाज र भक्तपुरको सुर्यविनायक सिनेमाजमा पनि फिल्म प्रदर्शन भइरहेको छ।
मोफसलका अन्य मुख्य शहरहरूमा पनि फिल्मको प्रदर्शन उत्साहजनक छ। पोखराको मिडटाउन, सिमराको आइएनआइ केएसआर मुभिज, दमकको डिम्याक्स सिनेमाज, विराटनगरको सिटी सिनेमा, धरान र बुटवलको फ्रेन्ड्स सिनेमा, बिर्तामोडको पाथिभरा सिने प्लाजा, धनगढीको एसटिएस सिनेमा, पर्सा चितवनको म्याङ्गो जनज्योति, नवलपुरको कावासोती सिनेम्याक्स, विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स, नेपालगञ्जको सिने रोयल, र इटहरीको इलाइट सिनेमामा पनि ‘जन्ते बाख्रो’ ले दर्शक पाउन थालेको छ।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको यस सिनेमामा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, र समापिका गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ।मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाज ले लेखेका हुन्। यसमा हरि हुमागाईं को छायाङ्कन निर्देशन, उत्तम हुमागाईं को छायाङ्कन र सुनिल शिवभक्ति को सम्पादन रहेको छ।
‘जन्ते बाख्रो’ ले नेपालका गाउँघरहरूमा हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति, र ग्रामीण चालचलन लाई निकै रमाइलो ढङ्गले पर्दामा उतारेको छ। फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ लोकप्रिय भइसकेका छन्। फिल्मको वितरण टिफल्क फिल्म्स ले गरेको छ भने यसको डिजिटल अधिकार जी टु वान डिजिटल ले प्राप्त गरेको छ।
@parikalanewsofficial
Discussion about this post