इटहरी/ नेपाली फिल्म उद्योगमा आमा र सन्तानबीचको पवित्र सम्बन्धलाई उजागर गर्ने नयाँ फिल्म ‘आ बाट आमा’ निर्माण हुने भएको छ । निर्देशक चन्द्र पन्तले एक थिम पोस्टर सार्वजनिक गर्दै यस फिल्मको निर्माण घोषणा गरेका हुन् ।सार्वजनिक पोस्टरमा बच्चाले आमाप्रतिको गहिरो मायालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ ।
निर्देशक पन्तका अनुसार फिल्मले सन्तानको मनमा आमाका लागि कति गहिरो प्रेम हुन्छ भन्ने विषयलाई मुख्य कथावस्तु बनाएको छ । आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बन्ने यस फिल्मको छायांकन आउँदो भदौ महिनाबाट सुरु गर्ने योजना रहेको निर्माण पक्षले जनाएको थियो । यो फिल्मको पटकथा अभिमन्यु निरवीले लेखेका हुन् ।

यो फिल्मको मुख्य कलाकारहरूको विषयमा विस्तृत जानकारी पछि दिइने निर्देशक पन्तले बताए । चलचित्र विकास बोर्डमा दर्ताका क्रममा भने कलाकारका रूपमा क्रिस्मत सिंह र विपना थापाको नाम उल्लेख गरिएको छ । एक्सन जनराको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरिसकेका निर्देशक पन्त यसपटक ‘आ बाट आमा’ मार्फत एउटा भावनात्मक कथा दर्शकमाझ ल्याउने तयारीमा छन् ।














Discussion about this post